प्रकाशित : १४ पुष २०७४, शुक्रबार १२:२६

buy Kamagra Flavored online, acquire Zoloft. विराटनगर, १४ पुस । नेपाल जैविक समाज अर्थात् नेपाल वायोलोजिकल सोसाइटी (एनबीएस) को अध्यक्षमा प्रा.डा शशिनाथ झा चुनिनु भएको छ ।

स्नातकोत्तर क्याम्पस विराटनगरमा भएको साधारण सभाबाट प्रा.डा झा अध्यक्षमा चुनिनु भएको हो । आगामी तीन वर्षका लागि बनाइएको सो कार्य समितिको उपाध्यक्षमा प्रा.डा दामोदर थापा र महासचिवमा प्रा.डा शिवकुमार राई चुनिनु भएको छ ।
साधारण सभाले सहसचिवमा शालीग्राम अधिकारी र कोषाध्यक्षमा प्रकाशकुमार यादवलाई चयन गरेको छ ।

कार्यसमिति सदस्यहरुमा डा उमेश कोइराला, डा भविन्द्र निरौला, मोहन श्रेष्ठ, राधा अधिकारी, इन्दिरा पोखरेल र रामचन्द्र अधिकारी रहनु भएको छ । प्राडा मीनराज ढकाल, प्राडा तेजनारायण मण्डल, डा भरत सुब्बा र सुशीलकुमार झा रहेको सल्लाहकार समिति पनि सो साधारण सभाले निर्माण गरेको छ ।

नेपालका जैविक विविधताको अनुसन्धान, पहिचान, तिनको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले डेढ दशक अघि विराटनगरमा केन्द्रीय कार्यालय रहने गरी यो संस्थाको स्थापना भएको थियो । विगतमा यसले अनुसन्धानमूलक लेखहरुका संगालो जर्नल प्रकाशन गर्दै आएको छ भने दशक अघि एउटा अन्तर्राष्ट्रिय स्तरको जीव वैज्ञानिकहरुको सम्मेलन समेत गरेको थियो ।

विहीबार सम्पन्न सो सम्मेलनमा प्राडा रामबहादुर थापालगायतका वक्ताहरुले फरक पहिचान र उद्देश्य लिएर स्थापना भएको यो संस्थालाई थप गतिशील बनाउन सुझाव दिनुभएको थियो ।

विज्ञहरुसँग भएको विज्ञानको ज्ञान प्रसारण गर्न र देश विकासमा विज्ञानको भूमिकालाई जोडदार रुपमा लगाउनसमेत संस्थाको दायित्व भएको उहाँहरुले औँल्याउनु भयो ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३