प्रकाशित : १३ पुष २०७४, बिहीबार १७:१३


Erectalis for sale, acquire clomid. महेन्द्र बिष्ट
विराटनगर, ९ पुस । प्राकृतिक श्रोत साधन र मानव जनशक्तिको हिसावले १ नं प्रदेशनलाई देशकै सबै भन्दा समृद्ध प्रदेशको रुपमा विकास गर्न सकिने पर्याप्त आधार रहेको कुरा आर्थिक क्षेत्रका व्यक्तिहरु बताउँछन् ।
तराई देखि हिमालसम्मका १४ वटा जिल्लाहरु रहेको यस प्रदेशमा आर्थिक बिकासको प्रमुख आधारको रुपमा रहेको कृषि, जलस्रोत, पर्यटन र औधोगिक क्षेत्र पर्याप्त संभावना रहेको उनीहरुको दाबी छ ।
जमिनका हिसाबले देशकै अन्न भण्डारका रुपमा परिचित झापा, मोरङ, सुनसरी, पर्याप्त मात्रमा नगदेबाली उत्पादन हुने इलाम, तप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथु जस्ता जिल्लाहरु समेत रहेकाले कृषिजन्य उत्पादनबाटै बर्षेनी करोडौ रुपैयाँ आम्दानी गर्न सकिने विराटनगर स्थित स्नाकोत्तर क्याम्पसका सह प्रध्यापक डा अर्जुन बराल बताउँछन् ।
“सोलुखुम्बु, सखुवासभा, र ताप्लेजुङजस्ता उच्च हिमाली जिल्लामा रहेको जंगली क्षेत्रका जडिबुटी, खजिन पदार्थ, पर्यटकीय क्षेत्रको रुपमा विश्वप्रसिद्ध पहिलो उच्च हिमाल सगरमाथा तेस्रो उच्च हिमाल कञ्चनजङ्गा, उद्योग व्यवसायमै चार पुस्ता विताई सकेको उद्यमीसिल जनशक्ति, र बिश्वमै ठूलो बजारको रुपमा विकास हुँदै गएको चीन र भारतसँग नाका जोडिएका जिल्ला पनि यसै प्रदेशमा रहेकाले यसको आर्थिक विकासको प्रचुर संभावना रहेको उहाँको कथन छ ।
“हिमाल चढ्ने साहसिक प्रर्यटक देखि जल यात्रा र धर्म संस्कृतिको अध्ययन गर्न आउने बिदेशीहरुलाई आकर्षित गर्न सकिने प्रर्याप्त स्थान यस प्रदेशमा रहेका छन् ।” “उच्च हिमाली जिल्लामा बस्ने शेर्पा देखि लिएर तराईको होचो सतहमा बस्ने सन्थाल, थारु र राजबंशी समेत यसै प्रदेशमा पाईने भएको सांस्कृतिक पर्यटनको पनि ठूलो संभावना छ ।”—डा बरालले भन्नुभयो ।
ताप्लेजुङको पाथिभारा, सुनसरीको बराह क्षेत्र, पिण्डेश्वर, खोटाङको हलेसी, भोजपुरको सिद्धाकाली, इलामको श्रीअन्तु, सन्दकपुर, तेह्रथुमको मिल्के जलजले र धनकुटाको भेडेटारमा मात्र बर्षेनी हजारौ भारतीय पर्यटकहरु भित्र्याउन सकिन्छ । मानिस जन्मिनु भन्दा पनि अघि पनि पानीमा खेल्ने र जन्मिएपछि पनि पानीमै रमाउने भएकाले सप्तकोशी कोसी कोरिडोरमा ठूलठूला तालहरु निर्माण गरेर जल मनोरन्जको विकास गर्न सकिने साना जलविद्युत विकास संघ नेपालका अध्यक्ष हरी बैरागी बताउनु हुन्छ ।
भारतको बिहार, पंश्चिम बगाल र सिकिम संग सीमा जोडिको, भूटान र बंग्लादेश समेत छोटो दुरीमा रहनुको साथै भोलिका दिनमा विरानगर—किमाथाङ्का सडक निर्माण हुन साथ तिब्बतको किमाथाङ्का नाका समेत खुल्ने भएकाले यस प्रदेशबाट छिमेकी मुलुकहरुसँगको आयत— निर्यातको व्यापार समेत सहज हुने मोरङ व्यापार संघका पूर्व अध्यक्ष अविनाश बोहरो बताउनु हुन्छ । छिमेकी मुलुक भारत हुँदै बिराटनगर सम्म रेलमार्ग आईसकेको, बिराटनगरमा नेपाल भारतको एकीकृत भन्सार चेकपोष्ट निर्माण भईसकेको र कोलकत्ता बन्दरगाह समेत नजिकको दुरीमा रहेकाले भोलिका दिनमा यस प्रदेशलाई फिडर मार्केटकको (बस्तु उत्पादन गरेर बाहिरा पठाउने) रुपमा पनि विकास गर्न सकिने उद्योगि बोहराको कथन छ ।
बोहोरा भन्नुुहुन्छ — “भारतले बग्लादेश हुँदै थाइल्यण्डसम्मको मार्ग निर्माण गरिसकेको छ भोलिका दिनमा बाइलटर सन्धि मार्फत हामीले पनि त्यसलाई प्रयोगमा ल्याउन सक्छौ ।” राजस्व संकलनको हिसावले देशकै दुईवटा ठूला नाका, पर्याप्त उद्योग धन्दा, श्रम संस्कृति बोकेको समुदाय तथा उत्पादकत्व बढी भएको जमिनको भाग समेत यसै प्रदेशमा रहेकाले हरेक हिसाबले यो प्रदेशलाई भोलिका दिनमा सबल बनाएर लैजान सकिने आधार देखिन्छ ।
उच्च मूल्य नगदे बालिका रुपमा रहेको अलैची, अदुवा, चिया, कफी र सुन्तलाको उत्पादन मात्र होईन, निर्माणधिन अवस्थामा रहेका अरुण तेस्रो, काबेली, पिलुवा, जस्ता साना ठूला जलविद्युत आयोजना र संभावित कोसी उच्च बाँध मार्फ झण्डै चार हजार मेघावाट विद्युत उत्पादन गर्न सकिेन भएकाले भोलिका दिनमा बिद्युत र नगदेबालिको निर्यातबाटै मात्र पनि बर्र्षेनी अर्बौ रुपैया आम्दानी गर्न सकिने आधार रहेको बोहोराको तर्क छ ।
रामेछाप देखि पूर्व मेची सम्ममा देशकै ठूला नदीहरु पर्ने भएकाले यहाँको जलस्रोतलाई सही ढङ्गले प्रयोग गर्न सके देशलाई नै पाल्न सक्ने क्षमता रहेको साना जलविद्युत विकास संघ नेपालका अध्यक्ष हरी बैरागी बताउनु हुन्छ । यहाँ अपहार जलभण्डारलाई पिउने पानी, सिचाई, जलमनोरञ्जन र विद्युत उत्पादनमा प्रयोग गगर्न सकिने उहाँको तर्क छ ।
छिमेकी मुलुक भारतको दृष्टान्त प्रस्तु गर्दै बैरागीले भन्नुभयो—“गतबर्ष मात्र भारत भित्र ४२ करोड मासिन पिउने पानीको हाहाकारमा परे, उच्च हिमाली क्षेत्रबाट बगेर आउने हाम्रो पानीलाई पिउन योग्य बनाउन सके भारतमै हाम्रो पानीको ठूलो बजार छ ।” हाम्रो पानीलाई प्रशोधन गरेर ड्रिङकिङ्ग वाटर, मिनरल वाटर र स्लाईन वाटर गरी तीन प्रकृतिको बनाउन सके विश्व बजारमा पानीको ठूलो व्यापार गर्न सकिन्छ ।
“यस्तो पानी विश्व बजारमा प्रतिसेकेण्ड एक लिटर मात्र विक्रि गर्दा पनि प्रतिबर्ष साडे नौ खर्ब लिटर पानी विक्रि गर्न सक्छौ, जसबाट प्रति लिटर एक रुपैयाँ मात्र नाफा गर्दा पनि प्रति बर्ष झण्डै १० खर्ब रुपैयाँ आम्दानी गर्न सकिन्छ ”— बैरागीले भन्नुभयो ।
त्यस्तै यहाँका ठूला नदिहरुबाट सिचाईको संभावना पनि उत्तिकै रहेको छ । तमोर— चिसाङ्ग डाईभर्सन गर्न सके झापा, मोरङ्ग र सुनसरीलाई र सुनकोसी—कमला डाइभर्सनले दुई नं प्रदेशलाई पूर्णरुपमा सिचित गर्न सकिने बैरागी बताउनुहुन्छ । यसरी कृषि, पर्यटन, औद्योगिक र व्यापरिक हरेक हिसाबले १ नं प्रदेशको समृद्धिको आधार पर्याप्त रहेको तर्क धेरैको छ ।
देशकै सबैभन्दा बढी जलविद्युत क्षमता भएका ठूला नदी देखि, विश्वभरीका पर्यटकहरुलाई आकर्षित गर्न सक्ने उच्च हिमालय श्रृंखला, कृषिजन्य उत्पादनको उर्बर भूमि, जडिबुटिले भरिपूर्ण जंगली क्षेत्र, निर्यात व्यापारमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने ठूल ठूला उद्योगधन्दा र नाकाहरु रहेको यस प्रदेशमा स्रोत साधानको उचित प्रयोग र व्यवस्थापन गर्न सके यसको समृद्धि खासै टाढा भने छैन ।lady era