प्रकाशित : १३ पुष २०७४, बिहीबार १७:०७

काठमाडौं, पुस १३ । buy Cialis Soft, buy zithromax. भैरहवा ग्लाडिएटर्स राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा ललितपुर प्याट्रियट्सलाई ३ विकेटले पराजित गर्दै भैरहवा फाइनलमा पुगेको हो ।

खेलमा पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । भारतीय खेलाडी जयकिसन कोल्सावालाले ४२, भारतकै सन्नी पटेलले २४, दिपेश भण्डारीले २२ तथा कप्तान ज्ञानेन्द्र मल्लले २० रन जोडे । भैरहवाका लागि भारतकै पुनित मिश्राले २ तथा भुवन कार्की, हरिशंकर शाह र आरिफ शेखले १र१ विकेट लिए । जवाफमा भैरहवाले १९ ओभर ३ बलमा ७ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा गर्‍यो ।

भारतीय खेलाडी प्रथम सालुंकेले सर्वाधिक ३२ तथा ‘म्यान अफ द म्याच’ घोषित रोहितकुमार पौडेलले १७ बलमा अविजित रहँदै दुई छक्काको मद्दतले २८ रन जोडे । ललितपुरका लागि ललित राजबंशी र पवन सर्राफले २र२ विकेट लिए । समूह चरणको खेलमा पनि भैरहवाले ललितपुरलाई पराजित गरेको थियो । भैरहवाले अब उपाधिका लागि फाइनलमा शनिबार विराटनगर वारियर्सको सामना गर्नेछ । शरद भेषावकरको भैरहवाले यसअघिको क्वालिफायर र समूह चरणको खेलमा पारस खड्का नेतृत्वको विराटनगरसँग पराजय भोगेको थियो ।

भैरहवा बदलासहित उपाधि जित्न चाहन्छ भने विराटनगर विजयी भए एउटै प्रतियोगितामा एकै टिममाथि ‘ह्याट्रिक’ जितसहित उपाधि जितको कीर्तिमान बनाउनेछ । ६ टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३