Breaking News

मोरङका १५ स्थानीय तह दमकल विहीन

प्रकाशित मिति : १३ पुष २०७४, बिहीबार १६:५१

Forzest online, buy lioresal online. विराटनगर, १३ पुस । सुख्खा याम सुरु भएर आगलागीका घटना बढ्न थाले पनि मोरङका १७ मध्ये १५ वटा स्थानीय तह आगो लाग्दा निभाउने दमकल (बारुण यन्त्र) विहीन छन् ।

विराटनगर महानगरपालिका र सुन्दरहरैंचा नगरपालिका बाहेक अन्य स्थानीय तहमा दमकल नहुँदा आगलागीका घटना भएर जुनसुकै बेला ठूलो दुर्घटना निम्तने खतरा बढेर गएको छ । मोरङका जनघनत्व बढी भएका उर्लाबारी, रंगेली, रतुवामाई, लेटाङ, पथरीशनिश्चरे, बेलबारी, सुनवर्सी नगरपालिका एवं कानेपोखरी, बुढीगंगा, कटहरी, जहदा, धनपालथान, मिक्लाजुङ, केरावारी र ग्रामथान गाउँपालिकामा एउटा पनि दमकल छैनन् ।

स्थानीय तहले दैविक प्रकोप राहत कोष खडा गरे पनि दैविक प्रकोपबाट बचाउने खालका रणनीति बनाउन सकिरहेका छैनन् । मोरङका विभिन्न स्थानमा आगो लाग्दा नियन्त्रणका लागि झापा र सुनसरीका विभिन्न सहर एवं विराटनगरदेखि दमकल पुग्नु पर्ने अवस्था रहेको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताउनु भयो । नगरपालिकामा समेत दमकल नहुँदा छिमेकी जिल्ला देखि दमकल बोलाउनु पर्ने धेरै पहिलेदेखिको बाध्यता अझै पनि हट्न नसकेको उहाँको भनाइ छ ।

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो एउटा स्थानीय तहमा एउटा दमकल अनिवार्य हुनु पर्ने बताउनु हुन्छ । उहाँका अनुसार मोरङका धेरै स्थानीय तहमा आगो लाग्दा तत्काल निभाउनका लागि एउटा दमकल पनि छैन । ‘जनघनत्व बढी भएका ठाउँमै आगो लाग्दा निभाउने दमकल छैन,’ फागोले भन्नु भयो ,‘ स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने भनिए पनि व्यवहारमा लागू नगरिएका कारण पनि धेरै जसो स्थानीय तहबाटै विभिन्न समस्याको समाधान खोज्न गाह्रो परिरहेको छ ।’

उहाँले नगरपालिका, गाउँपालिका समेतका स्थानीय तहसंग दमकल किन्ने स्रोत पनि नहुने गरेको जानकारी दिनु भयो । विभिन्न दात्रृ निकायसंग अनुरोध गरेर किन्ने तयारीमा स्थानीय तह जुटेको उहाँको भनाइ छ । मेयर फागोले दमकल नहुँदा आगलागीका घटनामा ठूलो मात्रामा मानविय, आर्थिक र भौतिक क्षति बेहोर्नु पर्ने समस्या रहेको बताउनु भयो ।

मोरङमा गत वर्षको पुस दोस्रो सातादेखि अहिले सम्म एक वर्षमा ६२ स्थानमा आगलागीका घटना भएको प्रहरीको तथ्याँकमा उल्लेख छ । आगलागीमा परेर ६४ वटा घर पूर्ण रुपमा नष्ट भएका छन् ।

उद्योग र व्यापारिक घरना गरेर सात ठाउँमा भएको आगलागीले ठूलो क्षति पुगेको छ । प्रहरीका अुनसार स्कुल, सामुदायिक एवं सरकारी वनमा पनि आगलागी भएका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी बिसीका अनुसार आगोमा परेर चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । २७ चौपाय मरेका छन् । पाँचवटा घाइते भएका छन् । आगोले २५ करोड २२ लाख ४३ हजार पाँच सय ५० रुपैयाँ बराबरको क्षति पुर्याएको जानकारी बिसीले दिनु भयो ।lisinopril

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३