प्रकाशित : ११ पुष २०७४, मंगलवार १४:२५

order Cialis online, zithromax without prescription. विराटनगर, ११ पुस । माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले सरकार निर्माण अघि एमाले र माओवादीबीच पार्टी एकता हुनुपर्ने बताउनु भएको छ ।

विराटनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा कुराकानी गर्दै मन्त्री पोखरेलले पार्टीमा नमिलेको विचार र लाइनको विषयमा महाधिवेशनमा छलफल गर्ने गरी पार्टी एकता गर्नुपर्ने बताउनु भएको हो । ‘नमिलेको विषय महाधिवेशनमा छलफल गर्न सकिन्छ,’ मन्त्री पोखरेलले भन्नुभयो, ‘पार्टी एकता गरेर सरकार निर्माण गर्दा सहज हुने देख्छु ।’

पोखरेले उचित ढंगले पावर शेयरिङ गर्ने सहमति पछि मात्रै पार्टी एकता हुने बताउनु भयो । ‘पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री एउटै हुने गरी पार्टी एकता हुन सक्दैन,’ पोखरेलले भन्नुभयो, ‘उचित पावर शेयरिङ हुनु आवश्यक छ ।’

पार्टी एकता गर्नुपर्ने विषय प्रचण्ड र केपी ओलीको दिमाग मात्रै नभएर नेपाल र नेपालीको आवश्यकता भएको बताउँदै पोखरेलले पराधिन अर्थतन्त्रको अन्त्य, स्वाधिनता र प्रगतिशित एजेण्डा कार्यान्यनका लागि बामपन्थी एकता आवश्यक भएको दाबी गर्नुभयो ।

फरक प्रसंगमा पोखरेलले अहिलेकै प्रणालीमा अर्को पटक निर्वाचन लड्न नसकिने बताउनु भयो । ‘चुनावमा मासु, पैसा, साडी बाँडेर निर्वाचन लड्नु गलत संस्कृति भयो,’ पोखरेलले भन्नुभयो, ‘गरिबले पनि चुनाव लडेर जित्ने खालको व्यवस्था ल्याउनु आवश्यक छ ।’ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्ने गरि संविधान संशोधन आवश्यक भएको बताउँदै पोखरेलले महिला, मधेशी, आदिवासी जनजाति लगायतको समस्या सम्बोधन गर्नका लागि पनि संविधान संशोधन आवश्यक भएको उहाँको भनाइ छ ।

वर्तमान सरकार कामचलाउ भएका कारण महत्वपूर्ण निर्णय गर्दा सहमतिका आधारमा मात्रै गर्नुपर्ने बताउँदै पोखरेलले सरकार एकलौटी ढंगले अगाडि बढ्न खोजेको बताउनु भयो । ‘नगरी नहुने महत्वपूर्ण निर्णय सरकारले गर्नुपर्छ, तर सहमतिका आधारमा,’ पोखरेलले भन्नुभयो, ‘देउवाजी एकलौटी ढंगले अगाडि बढ्न खोज्नु भएको छ ।’

नयाँ जनमत आइसकेपछि देउवाले राजिनामा नदिएर राजनीति र नैतिकतालाई बिर्सिएको पोखरेलले बताउनु भयो ।valtrex

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३