प्रकाशित मिति : १० पुष २०७४, सोमबार १८:४०

विराटनगर, १० पुस । Kamagra Gold buy online, online Zoloft. बर्षायाममा बाढी आएर जनधनको क्षति पुगेपछि सरकारी स्तरबाट खुबै उठ्ने नदी नियन्त्रणको कुरा सुख्खायामसँगै खोलामा पानी बग्न छाडेपछि पनि स्वत ः हराउँछ ।

बाढीका बेला आउने मन्त्री र उच्च तहका सरकारी अधिकारीहरुले नदी नियनत्रणका ठूल ठूला आश्वसन दिने तर बजेट बिनियोजन गर्दा मुट्ठी कस्ने सरकारी प्रबृति कै कारण नदी नियन्त्रणको कार्य ओझेलमा पर्ने गरेको सरकारी अधिकारीहरुनै स्वीकार गर्छन ।

नदीहरुलाई व्यवस्थित तरिकाले नियन्त्रण गर्ने हो भने अर्बमा बजेट चाहिन्छ तर सरकारले करोडमा मात्र बजेट छुट्याउँछ, त्यसैले नदी नियन्त्रणको कार्य प्रभावकारी हुन नसकेको कुरा जल उत्पन्न नियन्त्रण कार्यालय विराटनगरका प्रमुख देब नारायण साह बताउँछन् ।
बक्राहा, लोहन्द्रा, चिसाङ, केसलीया, सिङ्गिया, गछिया, केसलीया खोला मोरङमा हरेक बर्ष ठूलो क्षति पुर्याउने खोला हुन् ।

यी सबै खोलामा चुरेको फेदी देखि सिमावर्ती क्षेत्रसम्म नदीको दुबै तर्फ बाँध निर्माण नर्गे हो भने बाढीले बर्षेनी पुर्याउने क्षति नरोकिने सिनियर डिभिजन साहको भनाई छ । तर त्यसका लागि सरकारले बजेट नै दिन सक्तैन, कसरी हुन्छ नदी नियन्त्रण ? साह प्रश्न गर्दै भन्छन् । जलउत्पन्न नियन्त्रण कार्यालयले मोरङ्गका सातवटै खोलाको डिपीआर तयार पारेर जलउत्पन्न प्रकोप नियन्त्रण विभागमा पठाई सकेको छ तर डिपीआर अनुसार कुनै पनि खोलामा नियन्त्रणका लागि आवश्यक बजेट बिनियोजन नभएको प्रमुख साहले बताए ।

उनले भने–‘ मोरङका सातवटै खोलामा दुबै तर्फ बाँध निर्माण गरेर नियन्त्रण गर्ने हो भने प्रति खोला ३/४ अर्बको बजेट चाहिन्छ तर सरकारले ३÷४ करोड मात्र दिएको छ ।’ ।
यसरी नै काम गर्ने हो भने नदी नियन्त्रण गर्न सयौ बर्ष लाग्ने र थप क्षति पनि भई राख्ने उनको कथन छ । बर्षेनी आउने बाढीले ठूलो मात्रमा जनधन र पूर्वाधारको क्षति गर्नुको साथै तराईको उर्वर भूमिलाई मरुभूमिमा परिणत गरिदिन्छ । जसले गर्दा बर्षेनी राज्यले ठूलो क्षति व्यहोर्नु परिरहेको छ तर यस तर्फ सरकारको ध्यन कतै गएको पाईदैन ।

निर्वाचनको बेला भोट माग्दै घर दैलोमा पुगेका नेताहरुसँग अधिकाँस जनताको माग पनि नदी नियन्त्रण र सडक निर्माण नै थियो । तर बर्षामा बाढी आउँदा मात्र समस्या देख्ने सरकारी नियतीबाट जनता भने वाक्क भइसकको मोरङ हसन्दहका प्रशुराम तिम्सिना बताउँछन् ।

मोरङको बक्राहा लगायत केही खोलालाई वोली सरकारको पालामा जनताको तटबन्ध कार्यक्रममा पारिएको थियो तर जुन कार्यक्रम अनुसार बजेट र जनशक्ति नहुँदा त्यो पनि प्रभावकार हुन सकेन् ।

एउटा नदि नियन्त्रण गर्न पाँच अर्ब चाहिन्छ तर त्यो अनुसार बजेट नभएपनि कसरी काम प्रभावकारी हुन्छ ? जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका एक अधिकारी भन्छन् । बजेट र जनशक्तिको अभावले जनताको तटबन्ध र तराई मधेश संरक्षण क्षेत्र भित्र परेका बक्रा, चिसाङ्ग, बुढी र लोहन्द्रा खोलाको काम प्रभावकारी हुन सकेको जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरका प्रमुख साह बताउँछन् ।cialis jelly

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३