प्रकाशित : ९ पुष २०७४, आईतवार १४:१५


buy Kamagra Jelly, purchase clomid. विराटनगर, ९ पुस । मोरङको सुन्दरहरैंचा नगरपालिका ५ मा चिसोका कारण दुई सातामा दुई जनाको मृत्यु भएको छ । स्थानीय मनिषा ऋषिदेवकी एक महिनाकी छोरी र स्थानीय ४५ वर्षीय लतु ऋषिदेवको मृत्यु भएको हो ।
मंसिर अन्तिम साता यता उनीहरुको मृत्यु भएको बताइएको छ । पुसको कठ्याङ्ग्रिदो चिसोमा लगाउने न्यानो कपडा नहुँदा ज्याननै जाने घटना भएको स्थानीय लहरी ऋषिदेवले बताउनु भयो । उहाँका अनुसार एक महिने शिशुको मृत्यु भए पनि स्थानीयको सहयोगमा परिवारका सदस्यले सुत्केरी अवस्थाकी आमालाई चैं बल्लतल्ल बचाउन सके ।
न्यायो कपडा नहुँदा कठ्याङ्ग्रिएर उनीहरुको मृत्यु भएको लहरीले बताउनु भयो । ‘हामीसंग जाडोमा लगाउने न्यानो कपडा पनि छैन । कपडा किन्ने पैसा पनि छैन,’ स्थानीय बद्री ऋषिदेवले भन्नु भयो, ‘मुसहर समुदायलाई विहान बेलुका छाक टार्न नै धौधौ परिरहेको हुन्छ ।
अरु कुराको व्यवस्था गर्न त सम्भव नै छैन ।’ दिनप्रतिदिन चिसो बढ्दै जाँदा मोरङको सुन्दरहरैंचा ५ र ६ का मुसहर समुदायको दैनिकी कष्ठपूर्ण बन्दै गएको छ । न्यानो कपडा नहुँदा परिवारका सदस्य गुमाउनु परेको पीडाले यो समुदायलाई पिरोलिरहेको सुन्दरहरैंचा ६ का वडा अध्यक्ष जीवन राईले बताउनु भयो । सुन्दरहरैंचा ५ र ६ मा मुसहर समुदायका ३५ परिवारको बसोबास छ ।
टाटीले बारबेर गरेर बनाइएका घरमा जाडोमा लगाउने कपडाको व्यवस्था समेत छैन । आर्थिक अवस्था एकदमनै कमजोर भएका कारण विहान बेलुका छाक टार्न समेत यो समुदायलाई धौधौ परिरहेको राईले बताउनु भयो । वडाअध्यक्ष राईले सबै कुराको अभाव हुँदा मुसहर समुदायको दैनिकी निक्कै कष्टकर बनेको बताउनु भयो ।
‘गरिवीको चपेटामा परेको मुसहर समुदायको दैनिकी चिसोले थप कष्टकर बनेर गएको छ,’ उहाँले भन्नु भयो, ‘उनीहरुका लागि गाँस, बास र कपास सहितको योजना लिएर जानका लागि पहल भइरहेको छ ।’ बाँसको टाटीले बारेर बनाएको घरमा चिसो सिरेटोले सताउँदा दुई जनाको ज्यान गइसकेको बताउँदै राईले आर्थिक अवस्था नाजुक हुँदा चिसोबाट परिवारका सदस्य बचाउन पनि नसकिरहेको जानकारी दिनु भयो ।pharmacy