प्रकाशित : ९ पुष २०७४, आईतवार १४:१०


order Kamagra Chewable online cheap, zithromax reviews. विराटनगर, ९ पुस । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आआफ्नो प्रचारप्रसारका लागि दलहरुले विभिन्न ठाउँमा राखेका प्रचार सामग्री अझै हटाइएको छैन ।
निर्वाचन सम्पन्न भएको झण्डै तीन साता हुन लाग्दा पनि मोरङका विभिन्न स्थानमा दलहरुले आफ्नो प्रचारका लागि राखेका सामग्री नहटाइँदा सहर र गाउँ कुरुप बन्दै गइरहेको छ । सार्वजनिक स्थल, व्यक्तिका घर, मठ मन्दिर, सडक समेतमा प्रचार सामग्रीको प्रयोग गरेर दलहरुले आआफ्ना चुनाव प्रचार गरेका थिए ।
निर्वाचन सकिएर मत परिणाम समेत सार्वजनिक भइसक्दा पनि प्रचार सामग्री हटाउन दलहरुले अटेर गरिरहेका छन् । विभिन्न ठाउँमा टाँगिएका तुल, व्यानर, पर्चा, पम्प्लेट र भित्तेलेखन नहटाइएको हो । निर्वाचन आयोगले भने दलहरुलाई त्यस्ता सामग्री हटाउन आग्रह गरिसकिएको जनाएको छ । क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलले दलहरुलाई निर्वाचनका समयमा राखिएका प्रचार सामग्री हटाउन आग्रह गरिसकिएको बताउनु भयो ।
दलहरुले निर्वाचनका बेलामा धेरै ठाउँमा निर्वाचन आचार संहिताको समेत उल्लंघन गरेको बताउँदै उहाँले आचार संहिता उल्लंघनका घटनामा भने आयोगले त्यतिबेलै एक्सन लिइसकेको जानकारी दिनु भयो । आचार संहिता उल्लंघन गरेर वा नगरिक राखिएका सबै प्रचार सामग्री हटाउन दलहरुलाई भने पनि अझै सम्म अटेर गर्ने काम भइरहेको सञ्जेलले बताउनु भयो ।
विशेष गरेर चुनावका समयमा कांग्रेस, एमाले, माओवादी केन्द्र समेतका ठूला दलहरुले आचार संहिताको उल्लंघन गरेको उजुरी आयोगमा परेको थियो ।pharmacy