प्रकाशित : ७ पुष २०७४, शुक्रबार १७:३५

विराटगर ७ पुस । buy Apcalis SX online cheap, generic dapoxetine. नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा भोजपुर प्रदेश ‘क’ का प्रदेश सभासद शेरधन राईले आफु प्रदेश नम्वर १ भावि मुख्यमन्त्रीका शसक्त दाबेदार भएको बताएका छन् ।

विराटनगरमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले भने– ‘ अन्धाधुन्धा पाईला चालेको होइन, आफुले त्यसका लागि पार्टी नेतृत्वबाट ग्रिन सिग्नल पाईसकेको र प्रदेश सभामा आफ्नो उम्मेद्वारी पनि घोषित रुपमै प्रदेश नं १ को सरकारको नेतृत्व समाल्ने गरी भएको थियो । ’ विगतमा पार्टीले दिएको साँगठानिक र राजकीय दुबै जिम्मेवारीहरु निर्विवाद, स्वच्छ र सफलता पूर्वक पुरा गरेकाले पनि पार्टीले आफुलाई मुख्यमन्त्रीको जिम्मेवारी दिने कुरामा आफु विश्वस्त रहेको उनको दाबी छ ।

मुख्य मन्त्रीका लागि आवश्यक पर्ने योग्यता, क्षमता र बलियो इच्छा शक्ति आफुसँग भएको स्पस्ट पार्दै उनले भने–‘दुई कार्यकाल प्रतिनिधि सभाको सदस्य, संसदीय समितिको सभापति तथा मन्त्री समेतको जिम्मेवारी पुरा गर्दा प्रश्न उठ्ने कमजोरी मैले कहिले नगरेकाले पनि प्रदेशको मुख्यमन्त्री हुने मेरो बलियो आधार हो । ’ ‘प्रदेश नं १ सरकार बनाउन आवश्य पर्ने बहुमत एमाले एक्लैसँग भएपनि बामगठबन्धनै सरकार बनाउँछौ’– एमाले नेता राईने भने ।

प्रदेशन नम्वर १ राजधानीको सन्दर्भमा सोधिएको प्रश्नको सन्दर्भमा उनले अन्तरीम राजधानी बर्तमान सरकारले तोक्ने र स्थायी राजधानी प्रदेश सभाको दुई तिहाई बहुमतले निर्णय गर्ने भएकोले पूर्वाधारको अवस्था तथा चौध जिल्लाकै जनताको पाएक पर्ने स्थानलाई सोचबिचार गरेर परिपक्क ढङ्गले निर्णय गरिने बताए ।

उनले राजधानी लागि भावनामा बहकिएर आफ्नो ठाउँ विशेषको कुरा गर्न नहुने बताउँदै उनले सबै कुराको सार्मथ्य भएको स्थानलाई राजधानी बताउन उपयुक्त हुने सुझाव दिए ।zitromax

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३