प्रकाशित : ६ पुष २०७४, बिहीबार १४:००


ब्रसेल्स, बेल्जियम, ६ पुस । युरोपेली युनियन (इयू) बाट बहिर्गमनका लागि प्रक्रियाहरु अन्तिमतिर पुगेका बताइएको छ ।
यूरोपियन यूनियन र बेलायतबीच दुई हप्ताअघि भएको सम्झौता वार्ता सहमति नजिक पुगेको ईयूका प्रमुख डोनाल्ड टस्कले बताउनुभएको छ ।
उहाँले बिहीबार ब्रसेल्समा भन्नुभयो– बेलायतले इयू र अन्य सम्बद्ध पक्षसँग वार्तालाई अघि बढाएको छ र ठीक बाटोमा यो विषय अघि बढिरहेको छ, त्यसैले समयमै बेलायतको बहिर्गमन हुनसक्ने देखिएको छ ।
बेलायतको बहिर्गमनका लागि यसअघि युरोपेली युनियनका उच्च अधिकारीहरुसँग बेलायतका प्रधानमनत्री टिरिजा मेले वार्ता गर्नुभएको थियो ।
उहाँले पछिल्लो समयमा यस विषयमा युरोपका विभिन्न नेताहरुसँग निकै चरणमा वार्ताहरुलाई निरन्तरता दिनुभएका समाचारहरु विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा आइरहेका छन् ।
प्रधानमन्त्री टिरिजा मे बिहीबारै पनि पोल्याण्डको भ्रमणमा जान लाग्नुभएको छ । उहाँ बिहीबार युरोपेली युनियनसँग सम्बन्धित विषयमा वार्ताका लागि त्यसतर्फ जान लाग्नुभएको समाचारमा जनाइएको छ ।
प्रधानमन्त्री मे पछिल्लो समयमा युरोपेली युनियनबाट बेलायत बाहिरिने विषयमा युरोपका विभिन्न देशसँग वार्ता गर्दै हुनुहुन्छ ।
पहिलेको तुलनामा सहमतिको निकै नजिक वार्ता पुगेको टस्कले बताउनुभयो । सम्झौताका लागि निकै जटिल बिषयका रूपमा देखिएको आइरल्याण्डका बिषयमा पनि सहमतिको सम्भावना बढेर गएको छ, ईयू प्रमुख टस्कले बताउनुभयो ।
ब्रेक्जिटका बिषयमा आएरल्याण्डका प्रधानमन्त्री लियो वारदकरसँग इयूका तर्फबाट अध्यक्ष टस्कले पनि भेटवार्ता गर्नुभएको थियो । उक्त वार्ताका क्रममा पनि निकै सकारात्मक जवाफ आफूले पाएको जानकारी उहाँले दिनुभयो ।
अध्यक्ष टस्कले इयू नेताहरू खुला व्यापारसम्बन्धी वार्ताका लागि सहमति जनाउने सङ्केत आफूले पाएको पनि उहाँले हालैमात्र सार्वजनिक गर्नुभएको थियो ।
बेलायतले आफू इयूको सदस्य नरहनेगरी बाहिरिने निर्णय यसअघि नै गरिसकेको छ । तर औपचारिक रुपमा बाहिरिन मात्र बाँकी रहेको छ ।

- मुख्य खबर
- लोकप्रिय
- ताजा
नेपाली व्यापारीको प्याज जोगवनीमै अड्कियो

मुख्यमन्त्री कप अनियमितता प्रकरण : आयोजक समितिलाई पत्र काटियो

- प्रदेश १ मा १६ कोरोना संक्रमित थपिए
- मोरङसहित देशभरका १४ जिल्ला अतिप्रभावित
- प्रदेश १ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने
- प्रदेश १ मा ५६ जनाको उम्मेदवारी
- सामाजिक विकास मन्त्री राईद्धारा मन्त्रालयका प्राथमिकता र कार्यक्रम सार्वजनिक
- प्रदेश १ का नवनियुक्त मन्त्रीहरुको सपथ
- सामाजिक विकास मन्त्री राईद्धारा पदभार ग्रहण
- हिमाली र पहाडी जिल्लामा होली पर्व मनाइँदै
साहित्य मानव जीवनको सवैभन्दा सुन्दर पक्ष : प्रदेश प्रमुख अधिकारी

विराटनगर, २ वैशाख । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले साहित्य मानव जीवनको सवैभन्दा सुन्दर पक्ष भएको बताउनु भएको...
मोरङसहित देशभरका १४ जिल्ला अतिप्रभावित

विराटनगर, २ वैशाख । मोरङसहित देशभरका १४ जिल्ला कोरोना संक्रमणको अति प्रभावित क्षेत्रमा परेका छन् । काठमाडौं उपत्यकाका तीनसहित देशभरका...
- साहित्य मानव जीवनको सवैभन्दा सुन्दर पक्ष : प्रदेश प्रमुख अधिकारी
- मोरङसहित देशभरका १४ जिल्ला अतिप्रभावित
- प्रदेश १ मा १६ कोरोना संक्रमित थपिए
- प्रदेश १ मा ५६ जनाको उम्मेदवारी
- प्रदेश १ मा सुनसरीबाट मानव तस्करी धेरै
- प्रदेश १ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने
- सामाजिक विकास मन्त्री राईद्धारा मन्त्रालयका प्राथमिकता र कार्यक्रम सार्वजनिक
- हिमाली र पहाडी जिल्लामा होली पर्व मनाइँदै
