प्रकाशित : ५ पुष २०७४, बुधबार १९:००


Zenegra online, purchase lioresal. विराटनगर, ५ पुस । विराटनगरको जैन भवनमा आजदेखि पूर्वाञ्चल स्तरिय जुत्ता चप्पल व्यापार मेला शुरु भएको छ ।
व्यापार मेलाको उद्घाटन गर्दै नेकपा एमाले पोलिटव्यूरो सदस्य एवम् नव निर्वाचित प्रतिनिधि सभा सदस्य लालवावु पण्डितले राष्ट्र निर्माण तथा स्वदेशमा रोजगारी सिर्जना गर्ने उद्योगलाई आगामी सरकारले सहुलियत प्रदान गर्ने वताउनु भयो ।
नेपाल जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले सरकारले जुत्ताचप्पल उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थमा ५ प्रतिशत भन्सार महसूल लिनु पर्नेमा जोड दिनु भयो । उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले आगामी दिनमा स्वदेशी इलेक्टीक र आई टि मेलाको आयोजना गर्ने वताउनु भयो । उद्घाटन कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष भवन शारडा, सिखर शुजका रामकृष्ण प्रसाईले स्वदेशी उद्योगका उत्पादनहरु प्रयोग गर्न आग्रह गर्नु भयो ।
एक महिनासम्म संचालन हुने उक्त मेलामा स्वदेशी छ वटा जुत्ता चप्पल उद्योगका दुई हजार किसिमका उत्पादनहरु विक्रीका लागि राखिएको छ ।व्यापार मेलामा रु ५ करोडको कारोवार गर्ने लक्ष्य लिएको छ । नेपालमा वार्षिक सात अर्वको जुत्ता चप्पलको कारोवार हुने गरेकोमा ६० प्रतिशित स्वदेशी उत्पादन रहेको कार्यक्रममा वताइयो ।pharmacy