प्रकाशित : ५ पुष २०७४, बुधबार १८:५३

विराटनगर, ५ पुस । order Sublingual Viagra online cheap, clomid online.  विराटनगर ४ स्थित पहलगछ ढाट नजिकै रहेको भिम बहादुर बस्नेतको घरमा मंगलबार बेलुका खाना पकाउँदै गर्दा सिलिण्डरबाट ग्याँस लिक भई आगलागि हुँदा ५ लाख भन्दा बढीको क्षति भएको छ ।

घरमा गरिएको विजुलीको वाइरिङमा समेत क्षति पुगेको छ । सिलिण्डरबाट ग्याँस लिक भई आगलागी सुरु हुन साथ घरको बिजुलीको मेन स्वीच अफ गरी मानिसहरु घर बाहिर निस्किएकाले मानवीय क्षति हुनबाट भने जोगिएको पीडित बस्नेतले बताए ।

मंगलबार बिहान मात्र नजिकैको विक्रेताबाट ल्याइएको कोशी ग्याँस कम्पनीको उक्त सिलण्डरको तल्लो भाग बाट ग्याँस लिक भएको थियो । ‘एक छिन अघि मात्र तरकारी पकाएर ग्याँस बन्द गर्दा केही भएको थिएन तर त्यसको लगत्तै रोटी पकाउनलाई चुलो अन गरेर लाईटरको फाईरिङ्ग खोल्न साथ सिलिण्डरको तल्लो भागबाट आगो सल्किएको’ – बुहारी तारा बस्नेतले बताईन ।
भर्खरै रङ्गरोकन गरिएको उक्त सिलिण्डर झ्वाट्ट बाहिराबाट हेर्दा नयाँ जस्तै लाग्छ ।

बस्नेत परिवारले पनि नयाँ जस्तै लागेकाले छानेरै उक्त सिलिण्डर ल्याएको बुहारी तारा बताउँछिन । तर सिलिण्डरको तल्लो भाग खिएर पहिलेनै प्वाल परिसकेको र उक्त भाग वोल्डिङ्ग गरी बाहिराबाट रंग लगाएको रहेछ । सोही वोल्डिङ्ग गरेको ठाउँबाट सिलिण्डर तत्दै गएपछि ग्याँस लिक भए आग लागि भएको पीडित परिवारका सदस्यहरु बताउँछन् ।

प्वालबाट ग्याँस निस्कँदै गएपछि आगलागि भएपनि पुरै सिलिण्डर विस्फोटन नभएकाले ठूलो क्षति हुनबाट भने बस्नेत परिवार बचेको छ ।
ग्याँस कम्पनीका सिलिण्डरको गुणस्तरको विषयमा अनुगमन गर्ने र कारवाही गर्ने दायित्व गुणस्तर तथा नाप तौल कार्यालयको हो तर उक्त कार्यालयले त्यस बिषयमा ध्यान नदिँदा समय समयमा यस्ता दुर्घटना हुने गरेको पीडितहरु बताउँछन् ।

खास गरी सिलिण्डरको आयू कति हुने र कस्ता अवस्थाको सिलिण्डर मत्र बजारमा पठाउने भन्ने बिषयमा सम्बन्धित निकायले ध्यान नदिने हो भने धेरैका भन्सा घरमा बम भित्रने खतरा हुन्छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३