प्रकाशित : ५ पुष २०७४, बुधबार १८:४५

विराटनगर, ५ पुस । cheap sildenafil, buy lioresal. माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले १ नं प्रदेशको राजधानीका लागी विराटनगर उपयुक्त भएको बताउनु भएको छ ।

राजधानी विराटनगर हुनुपर्ने माग सहित विराटनगरबाट पुगेको एक टोली संगको भेटमा उहाँले यस्तो बताउनु भएको हो । अध्यक्ष प्रचण्डले राजधानी बनाउने कुरामा पहिलो हक विराटनगरको लाग्ने बताउनु भएको छ । उहाँले विराटनगर ऐतिहासिक ,राजनैतिक र विकासको हिसावले उपयुक्त रहेको बताउनु भयो ।

१ नं प्रदेशका प्रदेशसभा सदस्य केदार कार्की,विराटनगर महानगरका मेयर भीम पराजुली ,माओवादीका युवा नेता तथा प्रचण्डका ज्वाई जीवन आचार्य,नेपाली कांग्रेस काठमान्डौ मोरङ सम्पर्क समितिका उपाध्यक्ष टायम कट्टेल,कांग्रेसका युवा नेता सानुवावु महर्जन लगायत प्रदेशको राजधानी विराटनगर हुनुपर्ने मागसहित बुधवार काठमान्डौ स्थित प्रचण्ड निवास पुग्नु भएको थियो ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले विराटनगर १ नम्बर प्रदेशको राजधानी हुने र पहिलो हक विराटनगरकै रहने धारणा व्यक्त गर्नु भएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिनु भयो ।

मेयर पराजुलीले विराटनगर महानगर भित्र रहेका महत्वपूर्ण कार्यालय ,संसद वस्नका लागी विरेन्द्रसभागृह ,खेलमैदान,एरपोर्ट,उच्च अदालत ,प्रहरी प्रमूखका कार्यालय समेत रहेको जानकारीपत्र समेत अध्यक्ष पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको जानकारी दिनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३