Breaking News

जाडोको असर सबैलाई : संघर्षशैली आ–आफ्नै

प्रकाशित मिति : ५ पुष २०७४, बुधबार १०:४५

आच्छुको जाडो टुप्पी ठाडो,

एक माघले जाडो जाँदैन, Malegra without prescription, cheap zithromax.

बलियाबाङ्गा बाघलाई लुतेल्याङ्ग्रा माघलाई

जाडोसँग जोडिएका नेपाली उखान हुन् यी । समय चक्रसँगै यसवर्ष समयमै जाडो सुरु भएको छ । जलवायुको नियमित चक्रअनुसार नै जाडो आएकोले यसलाई सामान्य मान्नुपर्छ । हामी जाडो आउँछ, गाली गर्छौ, जाडो जान्छ र गर्मी आउँछ, गर्मीलाई सराप्छौँ र जाडोको गुणगान गाउँछौ, पोहोरको विर्सन्छौँ र कहिले आउला भनेर उही जाडोलाई प्रीय मानी प्रतिक्षा गर्छौँ । तर जब आउँछ जाडो अनि वास्त्वमै पार्छ साह्रो । समयको चक्र हो आउँछ     हिउँदमा जाडो । अझ नेपालमा त हिउँदमा पानी पर्दैन र साँच्चैको जाडो हुन पाउँदैन तर न्यूजिल्याण्डजस्तो होस् त हिउँदमा नै वर्षा हुने, हाम्रो शरीरको प्राकृतिक संयन्त्रले जाडो थेग्न सक्दैन ।

हिंजो भन्दा आज, आजभन्दा भोलि जाडो बढ्ने क्रम चलिरहेको छ । यो जाडो कम्तीमा एक महिनासम्म रहने अनुमान गरिएको छ । यो शीतकालले सबै खाले प्राणी तथा वनस्पतिलाई प्रत्यक्ष वा परोक्ष्य रुपमा धेरै असर पुर्याउने गर्दछ । मानवलगायत अन्य जनावर र बोटविरुवाहरु जाडोका कारण मर्ने गरेका छन् । हुन त पृथ्वीको ध्रुविय भाग र रुखविरुवा नभएका खुल्ला बालुवायुक्त जमिनमा जस्तो नेपालमा जाडो हुँदैन ।

तर, यहाँ जाडोकै कारण मान्छे, अन्य जीवजन्तु र बालीनाली मरेका रेकर्ड छन् । मौसमी सागसब्जी त चिसो र हुस्सुका कारण सखापै हुन्छन् ।

यद्यपि जाडोले सबै साना–ठूला जीवात्माहरुलाई असर गर्छ ती जीवले पनि प्रतिकूल प्राकृतिक परिस्थितिसँग संघर्ष गरिरहेका हुन्छन् । चिसो रगत भएका प्राणीहरु धेरै जाडो र धेरै गर्मीमा बाँच्न सक्दैनन् किनकी तिनीहरुको शरीरको तापक्रम बाहिरी तापक्रममा भरपर्दछ ।

जाडोमा वातावरणको तापक्रम जति कम हुन्छ, त्यति नै कम भित्री जीउमा हुन्छ । यसो हुँदा रक्तसञ्चालन र आन्तरिक जैविक प्रक्रियामा असर पुगी जन्तु मर्दछन् ।
हिउँदका दिनहरुमा भ्यागुता सर्प, छेपारा, गोहोरा र कछुवाजस्ता जन्तुहरु देखिदैनन् ।

किनभने यिनीहरु चिसो रगत भएका जीव हुन् । र, जाडो छल्न जमिनमुनि, ढुंगा, बालुुवा, काठ, ठुटामुढाको आड लागेर न्यानो ठाउँमा बसेका हुन्छन् । यी प्राणीहरु खानेकुरा नखाइकन पाँच/छ महिनासम्म बाँच्न सक्छन् ।

साना जनावरहरु जस्तै– बारुला, अरिङ्गाल, मौरी, गँड्यौला पनि हिउँदमा जाडोकै कारणले मर्न पुग्छन् । बाँचेकाहरु पनि हिंडडुल गरी गतिविधि सञ्चालन गर्न सक्दैनन् । मौरी, बारुला, अरिङ्गालजस्ता जीवहरु घार, चाका वा गोलामा खाँदिएर बस्छन् ।

ताकि त्यहाँको तापक्रम बढोस् र मर्नबाट जोगिन सकियोस् । कमिला त यति बाठा हुन्छन् कि जाडो शुरु हुने संकेत थाहा पाएपछि फुल लुकाउन थाल्छन् । ती फुललाई उपयुक्त तापक्रममा राख्न सके वर्षौपछि पनि बच्चा निकाल्न सक्छन् ।

साथै किराहरुको जीवनचक्रमा फुल, लार्भा, प्युपा अवस्थाहरु हुनु पनि जाडो छल्ने र शत्रुबाट बच्ने एउटा प्राकृतिक उपाया हो । नेपालका ठूला एवं साना नदी र तालहरुमा हुने माछाहरु जाडोले मरेको पाइएको छ । यिनीहरु जाडोबाट बच्न वरपर, तलमाथि बसाई सर्दछन् ।

जब तापक्रम घट्छ शारीरिक, मानसिकका साथै प्रजनन्को विकासमा अवरोध पुग्छ ।
तातो रगत भएका ठूला जनावरमा तापको प्रभाव र त्यसबाट बच्ने प्राकृतिक उपाया कस्तो होला ? यिनिहरुले जाडोसँग संघर्ष कसरी गरिरहेका होलान् ? चराहरुको चिसो याममा सबै किसिमको वृद्धि ठप्प जत्तिकै हुन्छ । अधिकांश चराहरु हिउँदमा फुल पार्दैनन् ।

किनभने चिसोले तिनीहरुको प्रजनन् ग्रन्थि बढ्दैन र फुल पार्न सक्दैनन् साथै वातावरणमा बच्चा हुर्काउन सक्दैनन् । चराको शरीरको तापक्रम ४० देखि ४३ डिग्री सेन्टीग्रेड कायमै रहन्छ ।

जाडोबाट जोगिन प्रकृतिले प्वाँख र भुत्ला त दिएको छ नै अरु पनि धेरै महत्वपूर्ण गुणहरु तिनमा पाइन्छन् ।
हिंजोआज बढेको जाडोबाट स्तनधारी जन्तुहरु अति प्रभावित हुने गरेका छन् । यी मध्ये मान्छेको शरीरको स्थिर तापक्रम ३७ डिग्री सेन्टीग्रेड हुन्छ ।

बाहिरको तापक्रम २७ डिग्रीभन्दा घटी भयो भने जाडोको महसुस हुन्छ र कम्प हुन्छ । शरीरको तापक्रममा ५–६ डिग्री तलमाथि भएमा मृत्युसमेत हुन सक्छ । माथि जानबाट रोक्न त पसिना ग्रन्थीहरु छन््, तापक्रम घटाउने विशेष अंगहरु भने मान्छेमा पर्याप्त छैनन् । त्यसैले कमजोर रोगी चाहिँ माघलाई भन्ने उखानमा वैज्ञानिकता लुकेको छ । जाडो छेक्ने मुख्य भूमिका रौंको हुन्छ ।

अरुहरुमा जस्तो धेरै रौं मान्छेमा हुँदैनन् । लुगा लगाउनु यसको वैकल्पिक उपाया हो । मस्तिष्कको हाइपोथालामस भन्ने भागले पनि जीउलाई धेरै जाडो र गर्मीबाट बचाउन मद्दत पुर्याउँछ ।
हिउँदमा छिटोछिटो भोक लाग्छ । तुलनात्मकरुपमा गर्मीमा भन्दा धेरै खाना रुच्छ र पच्छ पनि । कारण त्यही जाडोसँग युद्ध गर्न हो ।

खाएको खानेकुरा टुक्रिएर शरीरमा ताप उत्पन्न हुन्छ । त्यही भएर जीउ सँधै तातो भएको हो । जाडोमा धेरै ताप लगातार निकालि रहनुपर्ने भएको हुँदा खाना टुक्रिनेक्रम छिटोछिटो हुन्छ, भोक पनि लागिरहन्छ, खाएको पचिरहन्छ । जीउमा बढी बोसो अथवा मोटो मान्छेलाई कम जाडो हुन्छ किनभने बोसोले तापलाई जीउमा थुनिराख्छ ।

लुगाले जीउको तापलाई बचाइराख्ने र बाहिरको चिसो पस्न नदिने भएकोले जाडो कम हुन्छ । कलेजो, मृगौलालगायतका अंगहरुले पनि जाडोसँग लड्न सहयोग पुर्याएका हुन्छन् ।
विकासको क्रममा मानिस धेरै अगाडि बढेको छ, अरु जनावरभन्दा । अरु स्तनधारी जनावरको लुगा बनाउने र लगाउने वुद्धि विकास भएको छैन । जीउभरी रौं हुनु नै यी जन्तुले पाएको बरदान हो । भुत्लाले जीउको तातोपनलाई बाहिर जान दिंदैन र न्यानो पारी राख्छ ।

जाडोले कापिरहँदा रौं डाडा परेका हुन्छन् । यसो हुँदा हावा रौंको फेदतिर जम्मा हुन्छ । अनि रौं बस्दा त्यो हावा त्यहीं थुनिन्छ । यसरी थुनिएको हावाले कुचालकको काम गर्छ र जीउभित्रको तापलाई पूर्ण सञ्चय गर्दछ ।

तर, रौंको बीचमा परेको हावा तताउन नसक्दा भने रौं ठाडै भइरहन्छ र जाडो हुन्छ । त्यसैले त भनियो टुप्पी ठाडो ।
बोटविरुवामा चिसोले गम्भीर असर पुर्याउँदछ । कोष विभाजन, फूल र फलको परिपक्वतामा कमी आउनुका साथै हिउँदे बाली र मौसमी सागसब्जीहरु ठूलो परिमाणमा नष्ट हुन्छन् ।

यद्यपि बोटविरुवामा चिसोको विरुद्धमा लड्ने क्षमता अधिक हुन्छ ।

                                                                                         -रामचन्द्र अधिकारी


pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३