प्रकाशित : ४ पुष २०७४, मंगलवार १८:०१

buy Caverta online, buy zithromax online. विराटनगर, ४ पुस । मोरंगको कटहरी ४ मथुरा टोलका बालबालिकालाई आज न्यानो कपडा वितरण गरिएको छ ।

युनिसेफका कर्मचारीहरुले संकलन गरेको एक लाख रकमबाट बालबालिकालाई न्यानो कपडा वितरण गरिएको युनिसेफ विराटनगरकी प्रमुख रिद्धी शर्माले बताउनुभयो । काखे बालबालिका देखि १८ सम्मका १ सय ७४ जनालाई एक सेट न्यानो कपडा वितरण गरिएको हो । मथुरा टोलका ऋषिदेव समुदायका बालबालिकालाई केन्द्रित गरि कपडा वितरण गरिएको थियो ।

फरेन विराटनगरको समन्वयमा कपडा वितरण गरिएको हो । यसका लागि फरेनले बालबालिकाको लगत संकलन गरेका सामाजिक परिचालक कृष्ण यादवले बताउनुभयो । केहीदिन देखि बढेको चिसोका कारण ऋषिदेव टोलका बालबालिकामा न्यानो कपडाको निकै समस्या देखिएको थियो । न्यानो कपडा पाएपछि उनीहरु दङ्ग परेका थिए । उनीहरुले कपडा पाएपछि धेरै राम्रो लागेको बताए ।

बालबालिकालाई उनीहरु नाप अनुसारको न्यानोकपडा सिलाएर वितरण गरिएको थियो । कपडा वितरण कार्यक्रममा युनिसेफ विराटनगर प्रमुख शर्मा, फरेनका खिलानाथ निरौला, नवराज निरौला लगायतको उपस्थिति रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३