Breaking News

काठमाण्डौं, २ पुस । Cialis Super Active buy online, purchase clomid. थाइल्याण्डमा सम्पन्न एसीसी यु १६ पूर्व क्षेत्रीय क्रिकेट च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि रक्षा गरेको हो ।

थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो । नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३१ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ११२ रन मात्र बनाउन सक्यो । उसका लागि साहीहर्स भनुगोपालले सर्वाधिक ३१ रन बनाए । सिंगापुरको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका सूर्य तामाङ र अजयकुमार लोहियाले समान ३,३ विकेट लिए ।

यसअघि कमजोर सुरुवात गरेको नेपालले तीन रन हुँदा पहिलो विकेट गुमाएको थियो । ओपनर कुशल मल्ल शून्य रनमा आउट भए भने त्यसपछि २१ रन हुँदा राजन मगर आउट भएका थिए । पछिकेही सम्हालिएको नेपालका लागि विशाल केसी र सुनिल भण्डारीले ४२ रनको साझेदारी गरेभने कप्तान विशालले नारायण जोशीसँग ४८ रनको साझेदारी गरे । बिशालले ६३ रन बनाए भने नारायणले अविजीत ४६ रन जोडेका थिए । प्रतियोगिताको समूह चरणमा थाइल्याण्ड, हङकङ र म्यानमारलाई हराउँदै समूह बिजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपाल मलेसियालाई हराउँदै फाइनलमा पुगेको थियो ।

यसैवीच प्रधानमन्त्री शेरबहादुर देउवाले एसिसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई दिनु भएको छ । प्रधानमन्त्री देउवाले नेपालले उपाधि जितेकामा खुशी व्यक्त गर्दै विजेता खेलाडी बधाई दिएको उनका निजी सचिव बद्रीप्रसाद तिवारीले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री देउवाले पछिल्लो समयमा नेपाली क्रिकेट खेलाडीले विविध चुनौतीबीच प्राप्त गरेको सफलता प्रशंसायोग्य भएको उल्लेख गर्नुभएको छ ।cipro

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३