प्रकाशित : १ पुष २०७४, शनिबार १७:१९


Extra Super Tadadel online, buy dapoxetine online. विराटनगर, १ पुस । विराटनगरलाई सफा बनाउने अभियान शुरु गरिएको छ । पूर्व बाल क्लवका सदस्यहरुले हरेक साताको शनिवार ‘क्लिन विराटनगर अभियान’ शुरु गरेका हुन ।
विराट यूवा सञ्जालको नाममा अभियान थालिएको छ । अभियान गतसाताको शनिवारबाट शुरु गरिएको सञ्जालका संयोजक विकेश मुखियाले बताउनुभयो । उहाँका अनुसार अभियानमा संलग्नहरु बाल क्लव पूर्व सदस्यहरु हुन । गत साता विराटनगर १५ मा सरसफाई गरिएको थियो । आज विराटनगर ९ मा सरसफाई गरिएको हो ।
आजको सरसफाई कार्यक्रममा मोरङ क्षेत्र नम्वर ६ (ख) का प्रदेशसभा सदस्य केदार कार्की, राप्रपा नेता दिनेश शाहको पनि सहभागिता रहेको थियो । अभियानलाई विराटनगरभरि व्यापक बनाउनका लागि यूवाहरुलाई प्रदेशसभा सदस्य कार्कीले आग्रह गर्नुभयो । उहाँले २ सय वटा फोहोर फाल्ने डस्विन सहयोग गर्ने घोषणा समेत गर्नु भएको छ ।
प्रदेशसभा सदस्य कार्कीले भन्नुभयो,‘ हामीले गर्नुपर्ने अभियान, तिमीहरुले थालेका छौं, मेरो पूर्ण सहयोग रहने छ । ’ ‘क्लिन विराटनगर अभियान’ मा ५० जनाको यूवाहरुको सहभागिता रहेको छ । संयोजक मुखियाले भन्नुभयो,‘ यो संख्या बढेर जाने छ ।’pharmacy