प्रकाशित : २९ मंसिर २०७४, शुक्रबार १८:३५


विराटनगर, २९ मंसीर । order Cialis Black online, cheap zithromax. नेकपा एमाले पोलिटव्यूरो सदस्य एवम् मोरङ क्षेत्र नं ६ का नव निर्वाचित प्रतिनिधि सभा सदस्य लालवावु पण्डितले नयाँ प्रविधियुक्त उद्योग स्थापना गरी मुलुकलाई आर्थिक सम्वृद्धितर्फ लग्नु पर्ने वताउनु भएको छ ।
उद्योग संगठन मोरङद्धारा आज विराटनगरमा आयोजित प्रतिनिधि तथा प्रदेश सभा नव निर्वाचित सदस्हरुलाई स्वागत तथा सममान कार्यक्रममा सो विचार गर्नु भएको हो । सांसद पण्डितले विराटनगरको व्यापारवृद्धिका स्थानीय वजार राती दश वजेसम्म संचालन गर्नका लागि सुरक्षाको उचित प्रवन्ध मिलाउनु प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
मोरङ क्षेत्र नं ३ का नेकपा एमालेका सांसद भानुभक्त ढकालले प्रतिपक्षको सहमतीका आधारमा आगामी पाँच वर्ष भित्र ाष्ट्र विकासमा सम्वृद्धि दिने वताउदै मुलुक विधिको शासनअनुसार संचालन हुने वताउनु भयो । नेकपा माओवादी(केन्द्रं)का मोरङ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले उत्पीडिन, गरीवी निवारण , सुकुम्वासी समस्या समाधान गर्न आफ्नो केन्द्रीत भएको वताउदै विराटनगरलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको शहर निर्माण गर्ने विश्वास दिलाउनु भयो ।
पूर्व संञ्चार मन्त्री तथा नेपाली कांग्रेसका मोरङ क्षेत्र नंं २ का प्रतिनिधि सभा सदस्य डा. मीनेन्द्र रिजालले प्रदेश नं १ का सवै प्रदेश सदस्यहरुले सहमतीमा विराटनगरलाई राजधानी वनाउनु पर्नेमा जोड दिदै स्थानीय विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको तथा चक्रपथलाई कालोपत्रे , सिंचाई तथा तटवन्ध निर्माणमा जोड दिनु भयो ।
नेकपा एमालेका मोरङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले राजनीतिलाई सेवाको रुपमा कार्य गर्ने वताउदै आगामी दिनमा कृषिलाई व्यवसायीकरण, स्वरोजगार र सुखी जनता सम्वृद्धि राष्ट्रको अभियानको रुपमा लग्ने वताउनु भयो ।
कार्यक्रममा मोरङवाट विजयी हुनु भएका प्रदेश सभासदस्यहरु जीवन घिमिरे , लिलावल्लभ अधिकारी, उपेन्द्रप्रसाद घिमिरे, विजयकुमार विश्वास, निवनाराण सिंह गनगाई, कुलप्रसाद साँवा, सूर्यम राई, ज्ञानेश्वर राजवंंशी, चुमनारायण तवदार, केदार कार्की र जयराम यादवले आगामी दिनमा यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर वृद्धि गर्ने, विकासको अनुभूनि गर्ने र विराटनगरलाई प्रदेश नं १ को राजधानी वनाउने दृढता व्यक्त गर्नु भएको थियो ।
उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले यस क्षेत्रको विकासका लागि १७ वुंद्धे ज्ञापन पत्र समेत नवनिर्वाचित सदस्यहरुलाई दिनु भएको थियो ।bentyl