Breaking News

पराजित उम्मेदवार घरदैलो गर्दै

प्रकाशित मिति : २८ मंसिर २०७४, बिहीबार १५:०६

विराटनगर, २८ मंसिर । Cialis Jelly without prescription, buy zithromax. प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मोरङबाट पराजय बेहोरेका उम्मेदवार पनि घरदैलो र मतदाता भेटघाटमा व्यस्त हुन थालेका छन् ।
निर्वाचनमा पराजित भएपछि फर्किएर पनि गाउँ नजाने उम्मेदवार र नेताहरुको चलनलाई चुनौती दिंदै र त्यो चलन तोड्दै हार्ने उम्मेदवारहरुले नयाँ राजनैतिक संस्कार बसाएका हुन् ।

विजयी भएका उम्मेदवारहरु मतदाता भेटघाट, विजय जुलुस, र्याली र घरदैलोमा व्यस्त भइरहेका बेला पराजितहरु पनि आफ्नै हिसावबाट मतदाता भेटघाटमा घरघर र टोलटोल पुगेर नयाँ सन्देश प्रवाह गरिरहेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सबै ठाउँमा पुगेर निर्वाचनका बेला मतदान र सहयोग गर्नेहरुलाई धन्यवाद दिइरहेका छन् ।

पराजित भएकाहरु भन्छन्, ‘भोट हालेर जिताएकासंग जनताले खुलेर बोल्न, आफ्ना समस्या राख्न र आफैं भेट्न सक्ने वातावरण बनोस । समाजका दुःखी, किसान, मजदुर र गरिवको काम गरिदिए वापत नेता रिजाउन नपरोस् ।’ जितेकाले संधै जनताको सेवकका रुपमा काम गर्नु पर्ने अपेक्षा उनीहरुको छ ।

विराटनगर ५ जामुनगाछीमा बुधबार कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला भेटिए । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका उनी एमाले नेता एवं वाम गठबन्धनका उम्मेदवार पूर्व मन्त्री लालाबाबु पण्डितसंग पराजित भएका थिए ।

जितसंगै पण्डितले ठाउँ ठाउँमा विजय र्याली र सभाहरु आयोजना गरिरहँदा अपराजित यात्रामा पूर्ण विराम लागेका कोइराला पनि मतदाता भेटघाट गरेर पराजयको पीडामा मलमपट्टी लगाउने प्रयास गरिरहेका छन् । पण्डितसंग कोइराला छ सय ७५ मतान्तरले पराजित भए ।

भन्छन्, ‘मलाई यहाँका जनताले गरेको सहयोग प्रति आभार व्यक्त गर्छु । निर्वाचन हारजितकै लागि हुने भएकाले थोरै मतले हार भए पनि त्यसलाई सहर्ष स्वीकार गरेको छु ।’ उनले आगामी दिनमा पार्टी र आफूमा भएका कमिकजोरीलाई सच्याएर अघि बढ्ने प्रतिवद्धता पनि जनाए । विजयी भएर जानेले आफूले थालनी गरेका राम्रा कामलाई निरन्तरता दिने र यहाँको विकास निर्माणका लागि पहल कदमी लिने विश्वास कोइरालाको छ ।

निर्वाचनमा भएको हारबाट कति पनि विचलित नभइकन म आफ्नो क्षेत्रको विकासमा सदैव लागिरहने छु,’ उनले भने, ‘यसका लागि तपाई मतदाताकै सहयोग र सरसल्लाहको आवश्यकता पर्छ ।’

मोरङको टकुवा र बरडंगामा बुधबार मोरङको क्षेत्र नम्बर २ बाट पराजित भएका वाम गठबन्धनका उम्मेदवारहरु ऋषिकेश पोख्रेल र गणेश उप्रेती (सुशील) भेटिए । प्रतिनिधि सभाका उम्मेदवार रहेका एमालेका पोख्रेल कांग्रेस उम्मेदवार डा. मिनेन्द्र रिजाल र प्रदेशसभा ‘क’ का उम्मेदवार रहेका उप्रेती कांग्रेसकै शिवनारायण गनगाईसंग पराजित भएका हुन् । पोख्रेल र उप्रेती संयुक्त रुपमा घरघर र टोलटोलमा पुगेर निर्वाचनमा सहयोग गर्ने एवं मतदान गर्ने मतदातालाई धन्यवाद दिंदै विजयी भएका उम्मेदवारलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना पनि दिइरहेका छन् ।

‘चुनाव हारेकाहरु जनतालाई धन्यवाद दिन समेत गएको पाइँदैन । तर हामी मतदातालाई साथमै छौं है भन्ने सन्देश दिन आफ्नो निर्वाचन क्षेत्रमा घुमिरहेका छौं,’ पोख्रेलले भने, ‘यो एउटा राजनैतिक संस्कार पनि हो ।

हामी यो समाजको राजनैतिक मात्रै नभएर सामाजिक प्रतिनिधि पनि हो भन्ने कुरा सबै उम्मेदवारहरुले बुझ्न जरुरी छ ।’ यो निर्वाचन क्षेत्रसंग जोडिएको पूर्व जनप्रतिनिधिको हैसियतले सामाजको उन्नतीका लागि आफ्नो पनि भूमिका रहने कुरा विजेता र जनतालाई अवगत गराउने काम भइरहको उनले बताए । पोख्रेलले निर्वाचनमा विजयी भएकाहरुबाट विकास निर्माण लगायत यस अघि आफूले थालेका जनपक्षिय कामहरुले निरन्तरता पाउनु पर्ने माग पनि गरे । ‘समाजको उन्नतीका लागि थालेका धेरै कामहरु छन् ।

ती कामको सम्पन्नता मैले चाहेको छु,’ उनले भने, ‘त्यसैमा समाज र जनप्रतिनिधिको पनि भलाई छ । विकास निर्माण गर्न नसकेमा र जनताको मर्म र भावना बुझन् नसकेमा चुनाव जितेको केही पनि अर्थ हुँदैन ।’
उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सबै ठाउँमा पुगेर मतदातासंग भेटघाट गर्ने पनि बताए । ‘यो मेरो सामाजिक दायित्व पनि हो,’ उनले भने, ‘जनताको मायाँ र स्नेह भुल्न सकिंदैन ।’ आफ्नो पर्खाइमा धेरै मतदाता रहेका कारण पनि उनीहरुसंग भेटघाट गर्न र विकास निर्माण लगायतका काममा हातेमालो गर्ने कुरामा मतदातालाई साथमै रहेको सन्देश दिन गाउँ गाउँ घुमिरहेको पोख्रेलले बताए ।

उनले निर्वाचनको परिणाम सार्वजनिक भएपछि अहिले सम्म बरडंगा, टकुवा, डाईनिया, झुर्किया, महादेवा, सिजुवा, गोविन्दपुर, दाम्रभित्तट्टा, दर्वेसा, रंगेली लगायतका ठाउँमा पुगेर मतदातालाई धन्यवाद दिइसकेको बताए ।

उप्रेतीले पनि हारलाई जितकै रुपमा लिएर मतदाता भेटघाटमा व्यस्त रहेको बताए । ‘सामाजिक शक्तिको निर्माण गर्दै समृद्ध समाजको निर्माण गर्ने मेरो राजनैतिक समाजमैत्री अभियान फेरी नयाँ बाटोबाट सुरु गर्नु पर्ने भएको छ,’ उनले भने, ‘सधैं जनताको सद्भाव र मायाँ पाउने विश्वासका साथ आफ्नो नैतिक कर्तव्यलाई अनवरत कायम राख्ने छु ।’ उप्रेतीले वाम गठबन्धनको तर्फबाट उम्मेदवार भएर जनता समक्ष पुग्दा गरेको प्रतिवद्धता पूरा गर्ने सवालमा आफूहरु जनतासंगै रहने पनि बताए ।pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३