प्रकाशित : २८ मंसिर २०७४, बिहीबार १४:५९

विराटनगर, २८ मंसिर । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मोरङमा मत बदर धेरै भएको पाईएको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षमा भन्दा समानुपातिकमा धेरै मत वदर भएको पाईएको हो । प्रतिनिधिसभाको प्रत्यक्षमा कूल खसेको ४ लाख ६५ हजार ३४ मत मध्ये ४ लाख ४० हजार ३ सय ९० मत सदर भएको थियो । प्रतिनिधिसभामा २४ हजार ६ सय ४४ मत बदर भएको थियो । प्रतिनिधिसभामा बदर मतको प्रतिशत ५ दशमलव ३ प्रतिशत रहेको छ । प्रदेशसभाको प्रत्यक्ष तर्फ ४ लाख ६४ हजार ३ सय ३६ मत खसेकोमा ४ लाख ४४ हजार मत सदर भएको थियो । प्रदेशसभा तर्फ २० हजार ३ सय ३६ मत बदर भएको थियो ।

प्रदेशसभाको बदरमत प्रतिशत ४ दशमलव ३७ प्रतिशत रहेको छ । प्रतिनिधिसभामा भन्दा प्रदेश सभामा बदर मत कम छ । प्रदेशसभाको प्रत्यक्ष तर्फ प्रतिनिधिसभाको भन्दा कम मत पनि खसेको थियो । यसैगरि प्रतिनिधि र प्रदेशसभामाको समानुपातिक तर्फ बदर मत प्रत्यक्षको भन्दा झण्डै दोब्बर रहेको छ । प्रतिनिधिसभाको समानुपातिक तर्फ ९ दशमलव ०५ प्रतिशत मत बदर भएको छ । कुल खसेको ४ लाख ५९ हजार १ सय ७२ मत मध्ये ४ लाख १७ हजार ६ सय १ मत मात्र सदर भएको छ ।

प्रतिनिधिसभाको समानुपातिकमा २७ हजार ३ सय ९९ मत बदर भएको छ ।
प्रदेशसभाको समानुपातिक order Viagra Jelly online cheap, order dapoxetine. तर्फ १४ दशमलव २ प्रतिशत मत बदर भएको छ । प्रदेशसभाको समानुपातिक तर्फ ४ लाख ५९ हजार ७२ मत खसेकोमा ३ लाख ९३ हजार ९ सय २९ मत सदर भएको छ । ६५ हजार २ सय ४३ मत बदर भएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले मोरंगमा मतदाता शिक्षाका लागि सवा करोड रुपैयाँ खर्च गरेपनि प्रभावकारी देखिएन । मतदाता शिक्षाका लागि मोरंगमा १ करोड २५ लाख १३ हजार रुपैयाँ खर्च गरेको थियो ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३