प्रकाशित : २७ मंसिर २०७४, बुधबार १७:४१

विराटनगर, २७ मंसिर । Kamagra Flavored no rx, order Zoloft. प्रदेश नं १ को अन्तरिम राजधानी कहाँ राख्ने भन्ने कुराको टुङ्गो नलागेपनि यस प्रदेशको मुख्य मन्त्री, मुख्य सचिव, प्रदेश प्रमुख लगायत विभिन्न मन्त्रालय र तिनका आवसका लागि आवश्यक स्थानको खोजी कार्यलाई भने तिब्र बनाइएको छ ।

आज क्षेत्रीय प्रशासक, मोरङका प्रमुख जिल्ला अधिकारी र शहरी विकास तथा भवन निर्माण भिडिजन कार्यालय विराटनगरका प्रमुखको टोलीले विराटनगरका प्रदेश कार्यालयका लागि सिफारिसमा परेका विभिन्न कार्यालयहरुको निरीक्षण गरी भौतिक अवस्थाको जानकारी लिएको छ । क्षेत्रीय प्रशासकको नेतृत्वमा गएको टोलीले सिफारिसमा परेका सबै कार्यालय भवनहरुको बैठक कक्ष, भवनको अवस्था, कोठाहरुको स्थिति आदिको जानकारी लिएको थियो ।

टोलीले सुनसरी मोरङ सिचाई आयोजना, क्षेत्रीय कृषि निर्देशनालय, जिल्ला समन्वय समिति, खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय, क्षेत्रीय पशुकार्यालय लगायतका कार्यालयहरुको अवस्थाको बारेमा जानकारी लिएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो । त्यसअघि सम्बन्धित कार्यालय प्रमुखहरुसँग सो अनुगमन टोलीले कार्यालय भौतिक पूर्वाधारको अवस्था र त्यसको व्यवस्थापनको विषयमा जिल्ला प्रशासन कार्यालय मोरङमा बैठक बसी छलफल गरेको थियो ।

मुख्य मन्त्री, प्रदेश प्रमुख र विभिन्न मन्त्रालयहरुलाई विराटनगरका कुन कुन कार्यालयका भवनमा व्यवस्थापन गर्दा उचित हुन्छ भनि ? बैठकमा छलफल भएको बैठकमा सहभागि एक कार्यालय प्रमुखले बताए । सो अवसरमा कार्यालय प्रमुखहरुले आफ्नो कार्यालय प्रदेशलाई जिम्मा लगाएपछि आउन सक्ने संभावित समस्याको बारेमा पनि ध्यान दिन क्षेत्रीय प्रशासकलाई अनुरोध गरेका थिए । यसरी प्रदेश स्तरका मन्त्रालय र महत्वपूर्णं कार्यालयका लागि भवनको खोजी गर्न थालेपछि प्रदेश नं १ संभावित राजधानी विराटनगरमै हुन सक्ने अनुमान अधिकाँस कार्यालय प्रमुखहरुले लगाउन थालेका छन् ।

 levitra

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३