Breaking News

मोरङमा १ सय २८ उम्मेदवारको जमानत जफत

प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार १४:२५

विराटनगर, २७ मंसिर । buy Viagra Jelly, order Zoloft. मोरङमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका १ सय २८ जनाको जमानत जफत भएको छ ।

विजयी १८ उम्मेदवार सहित ४१ जनाले जमानत जोगाएका छन् । प्रतिनिधिसभा तर्फ ४८ र प्रदेशसभा तर्फ ८० जना उम्मेदवारको जमानत फिर्ता नहुने भएको छ ।

निर्वाचन ऐनका अनुसार सदर मतको १० प्रतिशत प्रतिनिधिसभाका १३ र प्रदेशसभाका २८ उम्मेदवारले मात्र ल्याएका छन् ।

प्रतिनिधिसभा तर्फ क्षेत्र नम्वर १ मा १० जनाले उम्मेदवारी दिएकामा ८ जना उम्मेदवारले जमानत जोगाउने सकेनन, क्षेत्र नम्वर २ मा १२ जनाले उम्मेदवारी दिएकोमा १० जना, क्षेत्र नम्वर ३ मा १३ जनाले उम्मेदवारी दिएकोमा ११ जना, क्षेत्र नम्वर ४ मा ९ जनाले उम्मेदवारी दिएकामा ७ जनाले, क्षेत्र नम्वर ५ मा ७ जनाले उम्मेदवारी दिएकोमा ४ जनाले जमानत जोगाउन सकेनन ।

क्षेत्र नम्वर ५ मा बाम गठबन्धन, नेपाली काँग्रेस बाहेक संघिय समाजवादी फोरमका राजकुमार यादवले जमानत जोगाउनु भएको छ ।

प्रतिनिधिसभामा यादवले मात्रै बाम गठबन्धन र नेपाली काँग्रेस बाहेकका दलबाट जमानत जोगाउनु भएको हो । क्षेत्र नम्वर ६ मा उम्मेदवारी दिएका १० जना मध्ये ८ जनाले जमानत जोगाउन सकेनन् । प्रदेशसभा तर्फ क्षेत्र नम्वर १ (क)मा उम्मेदवारी दिएका ११ जना मध्ये ९ जनाले जमानत जोगाउन सकेनन । (ख) मा ९ जना मध्ये ७ , क्षेत्र नम्वर २ (क) मा ८ मध्ये ६ , (ख) मा ९ मध्ये ७ , क्षेत्र नम्वर ३ (क) मा ८ मध्ये ६ (ख) मा ९ मध्ये ७ उम्मेदवारको जमानत जोगिएन ।

त्यसैगरि क्षेत्र नम्वर ४ (क) मा ९ मध्ये ७ जना, (ख) मा ७ मध्ये ४ जनाको जमानत जोगिएन । ४ (ख) मा बाम गठबन्धन र नेपाली काँग्रेस बाहेक संघिय समाजवादी फोरमका उम्मेदवारले श्रीराम कामतले जमानत जोगाउनु भएको छ । क्षेत्र नम्वर ५ (क) मा ६ मध्ये ३ जनाको जमानत जोगिएको छ ।

यस क्षेत्रमामा पनि बाम गठबन्धन र नेपाली काँग्रेस बाहेक संघिय समाजवादी फोरमका विजयकुमार सिंहको जमानत जोगिएको हो । (ख) मा १० मध्ये ७ जनाले जमानत जोगाएका छन् । यस क्षेत्रबाट संघिय समाजवादी फोरमका जयराम यादव निर्वाचित हुनु भएको थियो । उहाँ बाहेक बाम गठबन्धनका सुभाम मियाँ र नेपाली काँग्रेसका राजेश गुप्ताले जमानत जोगाउनु भएको छ ।

नम्वर ६ (क) मा १२ जनाले उम्मेदवारी दिएका मध्ये १० र (ख) मा १० जनाले उम्मेदवारी दिएका मध्ये ७ जनाको जमानत जोगिएको छ । यस क्षेत्रमा पनि बाम गठबन्धन र नेपाली काँग्रेस बाहेक संघिय समाजवादी फोरमका श्यामकुमार कामतले जमानत जोगाउनु भएको हो ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धन र नेपाली काँग्रेसका उम्मेदवार बाहेक जमानत जोगाउनेमा संघिय समाजवादी फोरमका उम्मेदवार रहेका छन् । फोरमका प्रतिनिधिसभा १ र प्रदेशसभामा ४ उम्मेदवारले जमानत जोगाएका हुन । संघिय समाजवादीले प्रतिनिधिसभामा निर्वाचन क्षेत्र नम्वर ४ बाहेक ५ वटा क्षेत्रमा उम्मेदवारी दिएको थियो ।

यस्तै प्रदेश सभामा पनि क्षेत्र नम्वर १ को (ख) बाहेक १३ वटा क्षेत्रमा उम्मेदवारी दिएको थियो । प्रदेश र प्रतिनिधिसभा गरि मोरङमा १ सय ६९ जनाले उम्मेदवारी दिएका थिए ।motilium

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३