Breaking News

मोरङका एक दर्जन राजनीतिक दलले १ हजार पनि मत कटाएनन्

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार १३:१६

विराटनगर, २५ मंसिर । मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणामलाई हेर्दा मोरङमा झण्डै एक दर्जन राजनीतिक दलले एक हजार पनि मत ल्याउन सकेनन् ।

एक हजार पनि मत कम ल्याउनेमा नयाँ शक्ति पार्टी नेपाल, मंगोल नेशनल अर्गनाईजेसन्, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, नेपाल संघिय समाजवादी पार्टी, नेपाल जनता पार्टी, राष्ट्रिय जनमोर्चा, विवेकशिल साझा पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी रहेका छन् ।

६ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका ७ जनाले पनि एक हजार मत कटाउन सकेनन । निर्वाचनमा नेपाल संघिय समाजवादी पार्टीले ८१ मात्र मत ल्याएको छ । निर्वाचन आयोगको वेभसाईटमा उल्लेख तथ्याङ्क अनुसार मोरङमा प्रतिनिधिसभा तर्फ राजनीतिक दलको मत, मत वदर र मतदान यस्तो देखियो ।

बाम गठबन्धनलाई ४३ दशमलव ९४%
प्रतिनिधि सभा निर्वाचनमा बाम गठबन्धनलाई कूल खसेको मत अनुसार ४३ दशमलव ९४ प्रतिशत मत आएको छ ।

बाम गठन्धनका नेकपा एमालेलाई १ लाख ४७ हजार ८ सय ९२ र नेकपा माओवादी केन्द्रलाई ५६ हजार ४ सय ७४ मत प्राप्त भएको छ । गठबन्धनको मत २ लाख ४ हजार ३ सय ६६ रहेको छ । नेपाली काँग्रेसको प्रतिनिधि सभा निर्वाचनमा १ लाख ८६ हजार ९ सय ८० मत आएको छ । कूल खसेको मतका आधारमा ४० दशमलव २१ प्रतिशत मत नेपाली काँग्रेसलाई आएको छ ।

कूल खसेको मतको फरक ३.७३ रहेको छ । प्रत्यक्ष निर्वाचन अन्र्तगत पहिलो हुने निर्वाचन हुने प्रणालीका आधारमा बाम गठन्धनले ६ वटा क्षेत्र मध्ये ५ वटामा विजयी हाँसिल गर्दा काँग्रेस एउटा सिटमा विजयी हुन पुग्यो । प्रतिनिधि सभाका लागि १८ वटा राजनीतिक दल र ७ जनाले स्वतन्त्रमा उम्मेदवारी दिएका थिए । बाम गठबन्धन र नेपाली काँग्रेस पछि मोरङमा सवैभन्दा वढी मत संघिय समाजवादी फोरमले ल्याएको छ ।

उसले २८ हजार १ सय २ मत ल्याएको छ । फोरम क्षेत्र नम्वर ४ बाहेक सवै क्षेत्रमा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएको थियो । क्षेत्रगत रुपमा उसको सवैभन्दा वढी ५ मा १८ हजार ६ सय ४९ मत आएको छ । सवैभन्दा कम क्षेत्र नम्वर १ मा ६ सय २३ मत आएको छ । फोरम पछि राष्ट्रिय जनता पार्टी नेपालले ८ हजार ७ सय ६४ मत ल्याएको छ । उसले क्षेत्र नम्वर १ बाहेक सवै क्षेत्रमा उम्मेदवारी दिएको थियो ।

राजपाको सवैभन्दा वढी क्षेत्र नम्वर ४ मा ३ हजार ४ सय १ मत खसेको छ । प्रतिनिधि सभामा संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २ हजार ६ सय ४७, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले २ हजार २ सय १६ मत ल्याएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले १ हजार ९ सय ५८ मत ल्याएको छ । नेकपा मालेले १ हजार ३ सय ३८ मत ल्याएको छ ।

५ दशमलव ३०% मत बदर
मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङमा ५ दशमलव ३० प्रतिशत मत बदर भएको छ ।

मोरङमा कुल मतदाता ६ लाख ४४ हजार ७ सय ८२ मध्ये प्रतिनिधि सभाका लागि ४ लाख ६५ हजार ३४ जना मतदाताले मतदान गरेका थिए । समग्रमा ७२ दशमलव १२ प्रतिशत मतदान भएको थियो । मतदान भएको मध्ये ४ लाख ४० हजार ३ सय ९० मत सदर भएको थियो । निर्वाचनमा २४ हजार ६ सय ४४ मत वदर भएको थियो । वदर मतको प्रतिशत ५ दशमलव ३० रहेको छ ।

क्षेत्र गत रुपमा हेर्दा सवैभन्दा बढी क्षेत्र नम्वर ३ मा वढी मत बदर भएको छ । त्यहाँ मतदाता पनि अन्य क्षेत्रको तुलनामा वढी थिए । १ लाख २७ हजार ४ सय ९५ मतदाता रहेकोमा ९१ हजार ६ सय ३ जनाले मतदान गरेका थिए । त्यहाँ ४ हजार १ सय ६० मत वदर भएको छ । बदर मत प्रतिशत ५ दशमलव ५५ रहेको छ । सवैभन्दा कम क्षेत्र नम्वर १ मा मत वदर भएको छ ।

त्यहाँ १ लाख ७ हजार २ सय ३४ मतदाता रहेकोमा ७४ हजार ७ सय ४ जनाले मतदान गरेका थिए । त्यहाँ ३ हजार २ सय ७७ मत बदर भएको छ । वदर मत प्रतिशत ३ दशमलव ५ प्रतिशत रहेको छ ।

Viagra Soft online, buy clomid online. ७२ दशमलव १२ % मतदान
प्रतिनिधि सभा निर्वाचनमा मोरङमा औषतमा ७२ दशमलव १२ प्रतिशत मतदान भएको थियो । यसमा क्षेत्र नम्वर ५ मा सवैभन्दा वढी मतदान भएको छ ।

क्षेत्र नम्वर ५ मा ८९ हजार २ सय ८७ जना मतदाता मध्ये ६८ हजार २ सय ९२ जनाले मतदान गरेका थिए । त्यहाँको खसेको मत प्रतिशत ७६ दशमलव ४८ प्रतिशत रहेको छ । सवैभन्दा कम क्षेत्र नम्वर १ मा मत खसेको थियो । त्यहाँ ६९ दशमलव ६६ प्रतिशत मत खसेको थियो ।

मत कम खसेका कारण पनि त्यहाँ बदर मतको संख्या पनि कम भएको देखिन्छ । समग्रमा क्षेत्र नम्वर १ पहाडी भु–भाग भएका कारण पनि कम मतदान भएको देखिन्छ ।

क्षेत्र नम्वर १ का अधिकांश मतदान केन्द्रहरु मतदाताका लागि अपायक पर्ने स्थानमा भएका कारण कतिपय मतदान गर्नका लागि गएको देखिएन भने जेष्ठ नागरिकका लागि मतदान केन्द्र सम्म पुर्याउनका लागि कुनै प्रवन्ध नगर्दा पनि कम मत खसेको अनुमान गर्न सकिन्छ ।lady era

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३