Breaking News

प्रमुख दलबाट महिला र मुस्लिम पराजित

प्रकाशित मिति : २४ मंसिर २०७४, आईतवार १८:४३

विराटनगर, २४ मंसिर । Sildalis buy online, Zoloft reviews. मोरंगबाट प्रमुख दलबाट उम्मेदवारी दिएका महिला र मुस्लिम उम्मेदवार पराजित भएका छन् । मंसिर २१ गते सम्पन्न प्रदेशसभामा प्रमुख तीनदलका तर्फबाट महिला र मुस्लिमबाट १/१ जनाको उम्मेदवारी परेको थियो ।

प्रतिनिधि सभामा प्रमुख दलले कुनैपनि महिला र मुस्लिमलाई उम्मेदवार बनाएका थिएनन् । बाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्वर ३ (क) मा नेकपा माओवादीकी गीता तिम्सीना र ५ (ख) बाट सुभाम मियाँको उम्मेदवारी परेको थियो । तिम्सीना नेपाली काँग्रेसका उम्मेदवार र मियाँ संघिय समाजवादी फोरमका उम्मेदवारसँग पराजित भएका हुन । क्षेत्र नम्वर ३ (ख) बाट नेपाली काँग्रेसका सुयर्मा राईले ९ सय मत अन्तरले तिम्सीनालाई पराजित गर्नुभयो । राईले २० हजार २ सय ९९ मत ल्याउनु भयो भने निकटतम प्रतिद्धन्द्धी तिम्सीनाले १९ हजार ३ सय ९९ मत ल्याउनु भएको थियो । यस्तै ५ (ख) बाट मियाँलाई संघिय समाजवादी फोरमका जयराम यादवले पराजित गर्नुभयो । यादवले २ हजार ५ सय ३६ मत अन्तरले पराजित गर्नुभयो ।

यादवले ११ हजार २ सय १ मत प्राप्त गर्दा मियाँले ८ हजार ६ सय ६५ मत ल्याउनु भएको थियो । ५ (ख) मा मियाँ तेश्रो हनुभएको थियो । प्रदेश सभामा आदिबासी जनजाति ३, मधेशी २ , थारु २ र अन्य ५ जना पुरुष उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३