Breaking News

विराटनगर प्रदेश राजधानी बनाउने प्रतिवद्धता

प्रकाशित मिति : २४ मंसिर २०७४, आईतवार १८:४२

विराटनगर, २४ मंसिर । buy Erectalis online cheap, buy Zoloft online. वाम गठबन्धनका तर्फबाट विजयी बनेका मोरङका प्रतिनिधि तथा प्रदेश सभामा विजयी भएकाहरुले विराटनगरलाई प्रदेश एकको राजधानी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आज दिउँसो मोरङको मतगणना स्थल विराटनगरको आदर्श स्कुलको प्राङगडबाट विराटनगर मुुख्य बजार परिक्रमा गरि महेन्द्र चौक पुुगेको विजय र्यालीपछिको कोण सभालाई सम्बोधन गर्दै विराटनगरलाई प्रदेश राजधानी बनाई छाड्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । एमाले र माओवादीका नेताहरुले विराटनगरको पुरानो शाख फर्काइ आधुनिक शहरुको रुपमा रुपान्तरण गर्ने समेत बताए । एमाले पोलिट व्युरो सदस्य एवं मोरङ क्षेत्र नम्बर ३ का निर्वाचित प्रतिनिधि सभा सदस्य भानुुभक्त ढकालले मुलुकको आर्थिक समृद्धिको सपनासँगै विराटनगरलाई प्रदेश एकको राजधानी बनाउने प्रतिवद्धता पुरा गरि छाड्ने दाबि गर्नु भयो ।

उहाँले राजनीतिक रुपमा ऐतिहांसिक महत्व बोकेको थलो विराटनगरलाई आधुुनिक शहरको रुपमा विकास गर्दै प्रदेशका सबै जनतालाई सेवाप्रवाह गर्न उपयुक्त शहर बनाउने संकल्प गर्नु भयो । माओवादीका नेता तथा वामगठबन्धनका तर्फबाट क्षेत्र नम्बर ५ का निर्वाचित प्रतिनिधि सभा सदस्य शिवकुमार मण्डलले जनतासामुु उठाएका बचनलाई पुरा गर्ने बताउनु भयो ।

महानगरको रुपमा विकास भएको विराटनगरलाई समृद्ध नगर बनाउन दायित्व थपिएको भन्दै विराटनगर प्रदेश एकको राजधानीका लागि उचित विकल्प रहेको उहाँको भनाइ छ । निर्वाचित भएकाहरुले आफ्नो कार्यकालमा आर्थिक विकासलाई मुख्य एजेण्डा बनाउने बताएका छन् । सांसद ढकालले अब ५ वर्ष पछि मुलुकको आर्थिक विकासमा कायापलट गर्नेे ठोकुवा गर्नु भयो ।

क्षेत्र नम्बर १ बाट विजयी वाम गठबन्धनका उम्मेदवार घनश्याम खतिवडाले उद्योग धन्दा खोल्दै सँचालनमा भएका उद्योगको संरक्षण र नयाँ पुँजि लगानी गर्नु आवश्यक रहेको औल्याउनु भयो । उहाँले अव बन्ने बाम गठबन्धनको सरकारले बढ्दो बेरोजगार समस्यालाई न्युनिकरण गर्दै रोजगारीका अथाहा सम्भावनाको खोजि गर्ने प्रतिवद्धा व्यक्त गर्नु भयो ।farmacia

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३