Breaking News

मोरङमा प्रदेश सभाको पनि मतगणना सकियो

प्रकाशित मिति : २४ मंसिर २०७४, आईतवार १८:३९

विराटनगर, २४ मंसिर । Viagra Super Active for sale, acquire clomid. मोरङका छ वटै निर्वाचन क्षेत्रको प्रदेश सभा अन्तर्गतको मतगणना पनि सकिएको छ । आज दिउँसो सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार प्रदेशसभामा पनि वाम गठबन्धनकै बर्चश्व रहेको छ । १२ वटा प्रदेश सभाको मतगणना अनुसार सातवटामा वाम गठबन्धन, चारवटामा कांग्रेस र एउटामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । मोरङको निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ मा वाम गठबन्धनका उम्मेदवार माओवादी कुलप्रसाद साम्बा १९ हजार पाँच सय ५४ मत ल्याएर विजयी बन्नु भएको छ ।

उहाँका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका ललित अधिकारीले १५ हजार दुई सय ६३ मत मात्रै ल्याउनु भयो । यही क्षेत्रको ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार एवं एमालेका उपेन्द्र घिमिरे १७ हजार एक सय १७ मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँका प्रतिद्धन्द्धी कांग्रेसका इश्वरी कोइरालाले १४ हजार तीन सय पाँच मत मात्रै प्राप्त गर्नु भयो । मोरङ क्षेत्र नम्बर २ ‘क’ मा कांग्रेसका शिवनारायण गन्गाई विजयी बन्नु भएको छ । गन्गाईले १६ हजार चार सय १८ मत ल्याउँदा प्रतिद्धन्द्धी वाम गठबन्धन उम्मेदवार माओवादीका गणेश उप्रेतीले १५ हजार एक सय सात मत मात्रै ल्याउनु भयो ।

यही क्षेत्रको ‘ख’ मा वाम गठबन्ध उम्मेदवार एवं एमालेका लिलाबल्लभ अधिकारी १८ हजार तीन सय ८६ मतका साथमा विजयी बन्नु भएको छ भने प्रतिद्धन्द्धी कांग्रेसका घणिन्द्रबहादुर कुँवरले १७ हजार एक सय २७ मत ल्याउनु भयो । क्षेत्र नम्बर ३ ‘क’ मा कांग्रेसका सुयर्माराज राई २० हजार दुई सय ९९ मतका साथमा विजयी हुँदा प्रतिद्धन्द्धी बाम गठबन्धन एवं माओवादीकी गीता तिम्सिनाले १९ हजार तीन सय ९९ मत ल्याउनु भयो । ‘ख’ मा वाम गठबन्धन एवं एमालेका राजकुमार ओझा विजयी हुनु भएको छ । ओझाले २२ हजार आठ सय २० मत ल्याउँदा कांग्रेसका ललित श्रेष्ठले २० हजार दुई सय ८७ मत मात्रै ल्याउनु भयो । यसैबीच मोरङ क्षेत्र नम्बर ४ ‘क’ मा वाम गठबन्धनका उम्मेदवार एवं माओवादीका विजयकुमार विश्वास १८ हजार दुई सय ८९ मतका साथमा विजयी बन्नु भएको । उहाँ प्रतिष्पर्धी कांग्रेसका भक्तीनाथ माझीले १५ हजार दुई सय २३ मत मात्रै ल्याउनु भयो ।

यही क्षेत्रको ‘ख’ मा एमालेका जीवन घिमिरे १३ हजार आठ सय पाँच मत ल्याएर विजयी हुँदा कांग्रेसका विश्वनाथ रिजालले ११ हजार छ सय २५ मत मात्रै ल्याउनु भएको छ । क्षेत्र नम्बर ५ ‘क’ मा एमालेका ज्ञानेश्वर राजवंशी १२ हजार आठ सय ६१ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्द्धी कांग्रेसका सुकदेवप्रसाद मण्डलले आठ हजार आठ सय २८ मत मात्रै प्राप्त गर्नु भयो । क्षेत्र नम्बर ५ ‘ख’ मा संघीय समाजवादी फोरम नेपालका जयराम यादव ११ हजार दुई सय एक मत ल्याएर विजयी हुनु भयो । प्रतिद्धन्द्धी कांग्रेसका राजेशकुमार गुप्ताले नौ हजार नौ सय १८ मत मात्रै ल्याउनु भयो ।

क्षेत्र नम्बर ६ को ‘क’ मा कांग्रेसका चुमनारायण तब्दार विजयी बन्नु भएको छ । तब्दारले २३ हजार पाँच सय १३ मत ल्याउँदा उहाँका प्रतिष्पर्धी माओवादीका जीवन आचार्यले २१ हजार चार सय ७० मत मात्रै ल्याउन सक्नु भयो । यही क्षेत्रको प्रदेश ‘ख’ मा कांग्रेसका केदार कार्की ११ हजार दुई सय ९८ मत ल्याएर विजयी बन्नु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका रमेश पोखरेलले आठ हजार एक सय २० मत मात्रै ल्याउनु भयो । मोरङको छ वटै निर्वाचन क्षेत्रको प्रतिनिधि सभा सदस्यको मतगणना हिजै सकिएको हो । जसमा पाँचवटा वाम गठबन्धन र एउटामा कांग्रेसका उम्मेदवार विजयी बनिसक्नु भएको छ ।ampicillin

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३