Breaking News

विराटनगर, २३ मंसिर । Viagra Gold no rx, lioresal reviews. मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा अन्र्तगत मोरङमा प्रतिनिधिसभाको मतगणना सम्पन्न भएको छ । अन्तिम मत परिणाम अनुसार बाम गठबन्धनले ५ स्थानमा विजयी हाँसिल गर्दा नेपाली काँग्रेस भने एक स्थानमा विजयी भएको छ ।

अन्तिम मतपरिणाम अनुसार क्षेत्र नम्वर १ मा बाम गणबन्धनका घनस्याम खतिवडा, क्षेत्र नम्वर ३ मा भानुभक्त ढकाल, क्षेत्र नम्वर ४ मा अमनलाल मोदी , क्षेत्र नम्वर ५ मा शिवकुमार मण्डल र क्षेत्र नम्वर ६ मा लालबाबु पण्डित विजयी हुनु भएको छ । नेपाली काँग्रेसका डा.मिनेन्द्र रिजाल क्षेत्र नम्वर २ मा विजयी हुनुभयो ।

क्षेत्र नम्वर १ मा एमाले उम्मेदवार खतिवडाले काँग्रेसका डिगबहादुर लिम्वुलाई पराजित गर्नुभयो । खतिवडाले ३७ हजार ५ सय २४ मत प्राप्त गर्नुभयो भने लिम्वुले ३१ हजार ४ सय ३६ मत प्राप्त गर्नु भएको थियो । क्षेत्र नं २ मा नेपाली काँग्रेसका डा. रिजालले एमाले उम्मेदवार ऋषिकेश पोखरेललाई १ हजार ८ सय ५ मत अन्तरले पराजित गर्नुभयो । रिजालले ३५ हजार ८ सय १९ मत प्राप्त गर्दा पोखरेलले ३४ हजार १४ मत ल्याउनुभयो । क्षेत्र नम्वर ३ मा एमालेका भानुभक्त ढकालले नेपाली काँग्रेसका डा. सुनिलकुमार शर्मालाई १ हजार ९ सय ७ मतले पराजित गर्नुभयो । ढकालले ४१ हजार ४ सय १३ मत प्राप्त गर्दा शर्माले ४० हजार ५ सय ६ मत प्राप्त गर्नुभयो । क्षेत्र नम्वर ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले नेपाली काँग्रेसका महेश आचार्यलाई ६ हजार ७ सय २९ मतले पराजित गर्नुभयो । मोदीले २२ हजार ५ सय २९ मत प्राप्त गर्दा आचार्यले २६ हजार ८ सय मत ल्याउनुभयो ।

मोदी मोरङमा सर्वाधिक मतअन्तरले विजयी हुन भएको हो । क्षेत्र नम्वर ५ मा नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलले नेपाली काँग्रेसका अमृतकुमार अर्याललाई ३ हजार ७ सय ९२ मतअन्तरले पराजित गर्नुभयो । मण्डलले २२ हजार ९ सय ४५ मत प्राप्त गर्दा अर्यालले १९ हजार १ सय ५३ मत ल्याउनु भएको हो । ६ वटा क्षेत्र रहेको मोरङमा ५ नम्वर क्षेत्रमा त्रिपक्षीय प्रतिष्पर्धा रहेको थियो । यस क्षेत्रमा संघिय समाजवादी फोरमका राजकुमार यादवले १८ हजार ६ सय ४९ मत प्राप्त गर्नुभयो । क्षेत्र नम्वर ६ मा एमालेका लालबावु पण्डितले नेपाली काँग्रेसका डा.शेखर कोइरालालाई ६ सय ७५ मत अन्तरले पराजित गर्नूभयो ।

पण्डितले ३३ हजार ९ सय ४१ म्त प्राप्त गर्दा डा.कोइरालाले ३३ हजार २ सय ६६ मत ल्याउनु भएको थियो । मोरङमा ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेकोमा ४ लाख ६५ हजार ३४ मत खसेको थियो । प्रतिनिधि सभाको मतगणना सम्पन्न भएलगत्तै प्रदेशसभाको मतगणना शुरु भएको छ ।lisinopril

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३