Breaking News

आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न राष्ट्रपतिको आह्वान

प्रकाशित मिति : २१ मंसिर २०७४, बिहीबार ०५:३८

buy Female Cialis online cheap, purchase clomid.

काठमाडौँ, २१ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो चरणमा आज हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा निर्विघ्न र शान्तिपूर्ण ढंगले सहभागी भई आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्न समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आह्वान गर्नुभएको छ । ।

प्रतिनिधिसभा तथा प्रदेशसभा दोस्रो चरणको निर्वाचनका अवसरमा आममतदाताको नाममा आज जारी गर्नुभएको सन्देशमा उहाँले नेपाली जनताको लामो, कठोर र अनवरत संघर्षको फलस्वरुपः जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भएपश्चात् मुलुकका ४५ जिल्लामा २०७४ साल मंसिर २१ गते हुन लागेको नेपालको संविधानले नेपाली जनताको लोकतान्त्रिक हक र अधिकारको पूर्ण प्रत्याभूति गर्नुका साथै आगामी माघ ७ गतेभित्र संघीय संरचनाअन्तर्गतका सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको स्मरण गराउनुभएको छ ।

“यसै सिलशिलामा विगतमा स्थानीय तहको र २०७४ मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम चरणको निर्वाचन जनताको उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भइसकेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक रहेको तथा उक्त निर्वाचनपछि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गरी संवैधानिक प्रावधानबमोजिम सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढ्नेछ भन्ने मलाई विश्वास लागेको छ,” सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ ।

lady era

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३