Breaking News

Kamagra Jelly no rx, cheap clomid.  विराटनगर १७ मंसिर । नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा मोरङ क्षेत्र न. ६ का उम्मेदवार लालबावु पण्डितले आईतबार देखि सुरु भएको किरातीहरुको महान पर्व उधौली पर्वको अबसरमा साकेला सिली अर्थात चण्डि नाच नाच्दै मतदाताहरुसंग भोट मागेका छन् ।

मोरङ क्षेत्र नम्बर ६ को चुनावी प्रतिस्पर्धालाई रोचक रुपमा हेरिदै आएको क्षेत्र विराटनगर ११ मा रहेको साकेला थानमा गएर सम्पुर्ण किराती समुदायसँग भोट मागेका छन् ।

प्रभावशाली र लोकप्रिय मानिएका नेता लालबाबु पण्डितले साकेला थानमा गएर पारुहाङ र सुम्नीमासंग आगामी मंसिर २१ गते हुन लागेको प्रतिनीधीसभाको चुनावमा आफ्नो जित हासिल होस भनि आशिबार्द पनि मागे । उनले साकेला थानमा किरातीहरुको प्रसाद पनि ग्रहण गरे । त्यसैगरी क्षेत्र नम्बर ६ का प्रदेशसभाका सदस्या रमेश पोखरेल पनि सहभागी थिए ।

नेपाल बहुजातिय बहु साकृतिक, बहु भाषिक र बहु भँैगोलीक रहेका कारण हामी सबै जातीले विभिन्न पर्व मनाईदै आएका कारण किराती धर्मालम्वीहरुको यो पर्वको सम्पुर्ण किरात समुदायलाई शुभकामना व्याक्त पनि गरे । त्यस क्षेत्रमा अर्का काग्रेसका प्रभावशाली नेता शेखर कोइराला उनका विरुद्ध चुनावी मैदानमा छन् ।

प्रकृति र पितृको पूजा गरी आईतबार राई, लिम्बु, सुनुवार, याक्खा लगायत किरा“त समुदायको ठूलो चाड साकेला उधौली पर्व विराटनगरमा भव्यरुपमा मनाएका छन् । किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछी आप्mनो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडको रुपमा मनाउने गर्दछन् ।

परम्पराअनुसार लिम्बुले चासो तगनाम पर्व मनाउने गर्छन् भने याक्खाले चासुवा सुनुवारले खोलस्यादर र राईले उधौली साकेला आईतबार संयुक्त रुपमा मनाएका छन् । किरात समुदायकोे मूख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाउने गर्दछन् ।
पर्वको अबसरमा बिराटनगर–११ मा रहेको साकेला थानमा सबै किरा“त समुदायका सबै उमेरका मानिसहरु आपसमा गोलो घेरा बनाएर चण्डी नाच नाचेका थिए । चण्डी नाचमा किरा“त समुदायका मानिसमात्र नभएर अन्य के बाहुन के क्षेत्री, नेवार, साथमा मधेशी समुदायका युवा वर्गहरुको बाक्लो मात्रमा सहभागिता रहेको थियो । उद्यौली पर्व परम्परादेखि मान्दै आएको निश्चित समुदाय वा जातिले मान्ने मात्र नभई पछिल्लो समय सबै समयमा अन्य समुदायको पनि यस पर्वमा उपस्थित रहने गरेको किरा“त राई यायोख्खा नगर परिषद विराटनगरका अध्यक्ष विष्णु राईले जानकारीदिईन् ।

उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेक तिरबाट बेसीतिर बसाइ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुसियालीमा मनाइने चलन छ । प्रकृतिपूजक किरात समुदायले भाषा, संस्कार र संस्कृतिले आ–आप्mनो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीको अवसरमा संसारभरका किरा“त समुदाय यो पर्व मनाउछन् ।

उधौलीको अवसरमा एकै ठाउमा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्काउने पोसाकमा हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर किरात समुदायका मानिस विभिन्न शैलीमा सोकवा साकेन्वा नाचेर यो पर्व मनाइरहेका छन् ।

 cialis

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३