Breaking News

बाम गठबन्धनको जित आवश्यक ः ओली

प्रकाशित मिति : १६ मंसिर २०७४, शनिबार १७:०२

order Viagra soft FRUIT online cheap, dapoxetine online. उर्लाबारी, १६ मंसिर । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धितर्फ लैजान बाम गठबन्धनको जित आवश्यक रहेको बताउनु भएको छ ।

संयुक्त बाम गठबन्धन मोरङ क्षेत्र नम्बर एकले उर्लाबारीमा आज दिउँसो आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले बाम गठबन्धनको सरकार निर्माण भएपछि आगामी पाँच वर्षभित्र देशको कायापलट हुने बताउनुभयो । नेपाली काँग्रेसले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाईरहेको आरोप लगाउँदै अध्यक्ष ओलीले अब देश विकाशको जिम्मा बाम गठबन्धनको रहेको बताउनुभयो । मोरङ क्षेत्र नम्बर १ का बाम गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै उहाँले यस क्षेत्रका समस्या समाधानको जिम्मा आफुले लिने बताउनुभयो ।

अध्यक्ष ओलीले गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता नेताले काँग्रेस काम लाग्दैन भन्दै पार्टी छाडेकाले काँग्रेसले देशलाई समृद्धितर्फ लैजान नसक्ने बताउनुभयो । सभामा नेकपा (माओवादी केन्द्र)का नेता लिलामणि पोख्रेलले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनले आगामी निर्वाचनमा बहुमत हासिल गर्ने र त्यो बहमुतले सरकारले देशलाई नयाँ दिशामा अगाडी लैजाने बताउनुभयो । काँग्रेसले पटक – पटक बहुमत हासिल गरेपनि देशको विकाश गर्न नसकेको बताउँदै उहाँले यसपटकको निर्वाचनमा बाम गठबन्धनलाई जनताले बहुमतले दिने विश्वास ब्यक्त गर्नुभयो ।

सभामा नेकपा (एमाले)की केन्द्रिय सदस्य एवम् समानुपातिक उम्मेद्वार डा. शिवमाया तुम्बाहाम्फे, नेकपा (माओवादी केन्द्र) का समानुपातिक उम्मेद्वार नवल खड्का, गोपी अछामी, मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार घनश्याम खतिवडा, प्रदेशसभा सदस्य (क) का उम्मेद्वार कुशल लिम्बु लगायतले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३