प्रकाशित : १४ मंसिर २०७४, बिहीबार १८:५९

विराटनगर, १४ मंसिर । आगामी मंसिर २१ गते हुने निर्वाचनमा मोरङका तीन निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले डाक्टर उपाधी हाँसिल व्यक्तिलाई उमेदवार बनाएको छ ।

आम जनताको बीचमा समर्थक र क्रियाशिल कार्यकर्ताले डाक्टर उपाधी हाँसिल गरेका बौद्धिक व्यक्ति उमेदवार भएको भन्ने प्रचार समेत गर्दै आएका छन् । तर, काँग्रेसले उठाएका तीन डाक्टरका विचित्रका कहानी भनिसक्ने छैनन् ।


काँग्रेसले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा डा.मिनेन्द्र रिजाल, क्षेत्रनम्बर ३ बाट डा. शुनिल शर्मा र क्षेत्र नम्बर ६ बाट डा.शेखर कोइरालालाई उमेदवार बनाएको छ । डाक्टरसम्म अध्ययन गरेका तीनै जना योग्य र सक्षम छन् । तर, तीनैजनाको इतिहासलाई खोतल्ने र साक्षी बनाउने हो भने नामको अगाडी लेखिने ‘डा.’ अक्षरको अर्थ भने अलग्गै लाग्ने खालको छ ।

क्षेत्र नम्बर २ का काँग्रेस उमेदवार डा.मिनेन्द्र रिजाल हेर्दा हँसिला र देख्दा फुर्तिला देखिन्छन् । आफ्नी जीवन संगीनी अमेरिकी ग्रिनकार्ड होल्डर हुन् । पार्टी भित्र त्यसको विषयमा कुरा उठेपनि व्यक्तिगत विषय ठूलो मुद्दा भने भएन । त्यस बाहेक रिजाल मन्त्री हुँदा ‘ड्रेसकोड’ प्रयोग नगरी हाफपेन्टमा सार्वजानिक कार्यक्रममा सहभागि भएको कुरा यदाकदा सुनियो ।

तर, राजनीतिक रुपमा डा.मिनेन्द्र खतरनाक समेत मानिन्छन् । विराटनगर शहीद मैदानलाई माओवादीको नाममा कब्जा गराउन तत्कालिन कोचिला राज्य परिषद्का अध्यक्ष भनिएका लेखराज खवासलाई २ लाख रुपैँया दिएर उनै रिजालले खटाएका थिए । पहिलो संविधानसभा भङ्ग गराउने योजना र माओवादीले (झापा, मोरङ र सुनसरी) उठाएको कोचिला प्रदेशको मुद्दा ओझेलमा पार्न खवासलाई मिनेन्द्रले पैसा दिएर परिचालन गरेका थिए ।

त्यहि लेखराज खवासको समूहले विराटनगरस्थित शहीद रंगशालामा झण्डा गाड्दै कब्जा गरेको घोषणा गरेका थिए । त्यसको योजनाकार डा.मिनेन्द्र रिजाल थिए । अहिले खवास साधुको भेसमा देखिन्छन् । कोचिला राज्य परिषद् हुँदै सद्भावना र सद्भावना हुँदै तराई काँग्रेससम्मको योजना खवासले मिनेन्द्रकै सल्लाह बमोजिममा गरेका थिए ।

Cialis Jelly buy online, cheap zithromax.
यसैगरी मोरङ क्षेत्र नम्बर ३ का अर्का डाक्टर शुनील शर्मा प्रतिनिधिसभाका उमेदवार हुन् । संकट पर्नासाथ ताप्लेजुङ्गको पाथीभरा मन्दिर पुग्ने गरेका शर्मा अहिले वाम गठबन्धनका उमेदवार भानुभक्त ढकालसँग प्रतिस्प्रर्धामा देखिन्छन् । उनको असली नाम राजेन्द्रप्रसाद न्यौपाने हो । कक्षा १० सम्म अध्ययन गर्दाको नाम पनि राजेन्द्र नै । तर, उनै राजेन्द्र शुनीलको नामबाट बनेको एसएलसीको शैक्षिक प्रमाणपत्रधारी छन् ।
चटके स्वभावका राजेन्द्र उर्फ शुनीलले एसएलसी परीक्षा लेख्दै नलेखि प्रथम श्रेणीमा उत्तिर्ण गरेका छन् । उनको एसएलसीको शैक्षिक प्रमाणपत्रदेखि डाक्टर उपाधी पाएको एमबीबीएसको प्रमाणपत्र नै नक्कली भएको भन्दै प्रहरीको बिशेष अनुसन्धान ब्यूरोले अनुसन्धान समेत थालेको छ । अनुसन्धानको दायरामा छँदा भागेर जापान समेत पुगे उनी । त्यस बाहेक उनले विगतमा गरेका हतकण्डाको फेहरिस्त झन् लामो छ । उनी स्वघोषित डाक्टर मात्रै हुन् । न पढेका छन्, न परीक्षा लेखेका छन् । अख्तियारको अनुसन्धानको दायरा भित्र रहेका उनी बच्नकै लागि उमेदवार बनेर मैदानमा छन् ।

अर्का कहलिएका डाक्टर शेखर कोइराला । शेखर र सुनिलको सम्बन्ध हतकण्डासँग जोडिएको छ । नेपाली काँग्रेसमा योगदान दिइएका, आन्दोलनमा शहीद भएका परिवारको लागि आएको कोटाबाट डाक्टर पढ्ने अवसर पाएका शेखर २०४८ सालमा भारतीय डाकाहरुसँगै हतियारसहित पक्राउ परेका थिए । बुथकब्जा गर्न भारतीय डाकाहरुको नेतृत्व गर्दै गएका शेखरलाई स्थानीयले नियन्त्रणमा लिएर मुखमा बन्दुक कोचेका थिए ।

राजनीतिक दलको कार्यकर्ताको हैसियत दवदवा सिर्जना गर्न जानु सामान्य भएपनि भारतीय डाकाहरुको समूहमा संलग्न भएर त्यसको नेतृत्वकर्ता हुनुलाई अहिले पनि अर्थपूर्ण रुपमा हेरिन्छ ।bentyl

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३