प्रकाशित : १३ मंसिर २०७४, बुधबार १८:३८

Viagra Professional without prescription, generic Zoloft. विराटनगर, १३ मंसिर । दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचन नजिकिंदै जाँदा मोरङको मिक्लाजुङ गाउँपालिका १ रमितेखोलामा पुरानै एजेन्डा बोकेर उम्मेदवारहरु भोट माग्न पुग्ने गरेका छन् ।

वर्षौदेखि स्थानीय बासिन्दाले सुविधान सम्पन्न सडक र विजुली विस्तारको माग गरे पनि अहिले सम्म त्यो नेताहरुका लागि भोट माग्ने एजेन्डा मात्रै बनिरहेको छ ।

रमितेखोला मोरङको निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ । स्थानीय लिला लिम्बू (लुइँटेल) ले वर्षौदेखि नेताहरुले सडक र विजुलीको सुविधा पुर्याउने भनेर भने पनि अहिले सम्म पूरा नभएको बताउनु भयो । अहिले चुनाव नजिकिंदै जाँदा त्यही पुरानो चुनावी एजेन्डा बोकेर उम्मेदवारहरु भोट माग्न आउन थालेको उहाँको भनाइ छ ।

लिम्बूले वर्षौदेखि स्थानीय बासिन्दाले विजुली र सुविधा सम्पन्न सडकको माग गरे पनि अहिले सम्म मागको सुनुवाई नभएको बताउनु भयो । उहाँका अनुसार निर्वाचनका बेलामा नेताहरुले सडक र विजुलीको व्यवस्था तत्काल गर्ने आश्वासन दिने गरेका छन् । रमितेखोला स्थित टाँडी माध्यमिक विद्यालयका प्रधानाध्यापक अृमत राईले निर्वाचनका बेला नेताहरुका लागि रमितेखोला सडक र विजुलीको मुख्य एजेन्डा बन्ने स्थलका रुपमा मात्रै चिनिएको बताउनु भयो । रमितेखोला सुगम जिल्ला भनेर चिनिने मोरङको अति नै दुर्गम र विकट क्षेत्रका रुपमा चिनिन्छ ।

प्रतिनिधि सभाका कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बूले यस अघि पूरा नभएका विकास निर्माणका काम अवका दिनमा पूरा गरिने बताउनु भयो । ‘बाँकी रहेका विकास निर्माणका काम अव पूरा गरिने छ,’ उहाँले भन्नु भयो, ‘निर्वाचनपछि यहाँको विकासका लागि कुनै पनि कसर बाँकी राखिने छैन ।’

वाम गठबन्धनका उम्मेदवार एवं एमाले उम्मेदवार घनश्याम खतिवडाले रमितेखोला संधैभरी नेताहरुको उपेक्षामा परिरहेको स्विकार गर्दै भन्नु भयो, ‘निर्वाचनपछि यहाँको सडक, विद्युत, स्वास्थ्य र शिक्षाको माग पूरा गर्ने पहिलो काम हुने छ ।’ यस अघिका नेताले कस्तो प्रतिवद्धा गरे र त्यसपछि पूरा गरेनन् भन्दा पनि विकास निर्माणमा भूमिका खेल्नेलाई जिताउन उहाँले मतदातालाई आग्रह गर्नु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३