Breaking News

मोरंग ३ मा अनुभवी र नयाँबीच कडा टक्कर

प्रकाशित मिति : १३ मंसिर २०७४, बुधबार १८:३६

विराटनगर, १३ मंसिर । buy Tastylia online, purchase lioresal. दोस्रो चरणको प्रतिनिधि र प्रदेससभा निर्वाचन नजिकिंदै जाँदा मोरङको निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिष्प्रधा निक्कै रोचक र घोचक बनेर गएको छ ।

अनुभवी एवं पुराना भनिएका र नयाँ अनुहारका उम्मेदवारबीचको प्रतिष्पर्धाले माहोल तातेको हो । माहोल रापिलो बन्दै जाँदा उम्मेदवारहरु एकअर्काबीचमा आरोप प्रत्यारोपको खेती गर्दै भोट मागिरहेका छन् । उनीहरु आफ्नो सबै शक्ति खर्चिएर मतदाता फकाउन व्यस्त छन् । उम्मेदवारहरु विकास निर्माणका मुद्धा बोकेर मतदाता समक्ष पुगिरहेका छन् । प्रतिनिधि सभाका लागि वाम गठबन्धनले पुराना एवं अनुभवी भनिएका एमाले पोलिट ब्यूरो सदस्य एवं पार्टीका सचेत भानुभक्त ढकाललाई उम्मेदवार बनाएको छ । कांग्रेसले डा. शुनिल शर्मा (न्यौपाने) लाई उम्मेदवार बनाएको छ । शर्मा राजनीतिमा नयाँ अनुहारका रुपमा अगाडि आउनु भएको छ ।

उनीहरुबीच नै यस पटक मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । वर्षौदेखि कम्युनिष्ट किल्ला भनेर चिनिने यो क्षेत्रमा नयाँ र राजनीतिमा अनुभव नभएका भनेर चिनिने शर्माले नेपाली राजनीतिका पुराना र अनुभवी नेता भनेर चिनिने ढकाललाई कडा टक्कर दिइरहनु भएको छ । काठमाडौंको राजनीति गाउँ सम्म पुर्याउन आएको बताउने ढकाल यो निर्वाचनमा विजयको माला पहिरिएर वर्षौदेखिको कम्युनिष्ट किल्ला भत्कन नदिने तयारीका साथ चुनावी प्रचारप्रसार र कार्यक्रममा जुट्नु भएको छ । कम्युनिष्ट किल्ला ढालेर नयाँ इतिहास रच्ने दाउमा रहेका शर्मा पनि त्यहीं भित्रबाट जितको खोजी गरिरहनु भएको छ । दुबै जना एकअर्का प्रति आरोप प्रत्यारोपमा उत्रदै नतिजा आफ्नो पक्षमा पार्ने दाउमा लाग्नु भएको छ ।

मतदाताले भने उनीहरुबीचको आरोप प्रत्यारोप र भोट माग्ने शैलीलाई अस्वस्थ्य रानजीतिको संज्ञा दिएका छन् । सुन्दरहरैंचा ८ का मोहनकुमार कार्कीले उम्मेदवारहरु आफ्नो एजेन्डा र नीतिका साथमा जनता समक्ष पुग्नु पर्नेमा एकअर्काबीच आरोप प्रत्यारोपको अस्वस्थ्य राजनीति गरिरहेको बताउनु भयो । ‘यस्तो राजनीतिले उनीहरुलाई नै घाटा पुग्छ,’ कार्कीले भन्नु भयो, ‘जनताले एकअर्काबीचको आरोप प्रत्यारोप भन्दा पनि उनीहरुबीचको क्षमता, योग्यता र विकास निर्माण खोजिरहेका छन् ।’motilium

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३