Breaking News

जेसिजको ककसमा मोरङ ३ का काँग्रेस उम्मेदवार आएनन

प्रकाशित मिति : ११ मंसिर २०७४, सोमबार १८:४६

बेलबारी, ११ मंसिर । buy Vigora, clomid without prescription. झुटा आश्वासन नदिइ बोलेका कुरा पुरा गर्न उम्मेदवारहरुलाई आग्रह गर्दै जेसीजले मोरङ निर्वाचन क्षेत्र नम्बर ३ को बेलवारीमा आज आयोजना गरेको ककस कार्यक्रममा सो क्षेत्रका उम्मेदवारहरुले आआफ्ना खाले प्रतिवद्धता व्यक्त गरेका छन् ।
बेलवारी जेसीज, सुन्दरहरैंचा जेसीज र पथरी जेसीजको संयुक्त आयोजनाको कार्यक्रममा सहभागि ८ दलका उम्मेदवारहरुले धेरैजसो साझा र केही फरकखाले प्रतिवद्धता व्यक्त गर्दै आ आफ्नो पार्टीको पक्षमा आकर्षित पार्ने प्रयत्न गरेका छन् ।
वाम गठवन्धन र नेपाली कांग्रेसबीचको चर्चायुक्त चुनावी प्रतिष्पर्धाकाबीच कांग्रेस पक्षका उम्मेदवारहरु भनें सहभागि भएनन् ।
वाम गठवन्धनका पक्षबाट एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार भानुभक्त ढकालले पुरा नहुने आस्वासन नवाँडी पुरा गर्न सक्ने कामहरु क्रमिकरुपमा गर्दै जाने गठवन्धनको घोषणापत्रलाई आफुले आत्मसाथ गरिरहेको बताउनु भयो । एमालेका पोलिटव्यूरो सदस्य समेत रहेका ढकालले आदिवासी जनजाती संग्रहालय, सुकुम्वासी र अव्यवस्थित वसोबासीको समस्या समाधान, कृषि र पर्यटनको विकास, सामाजिक सुरक्षा सहितका ठोस योजनालाई इमान्दारितापूर्वक पुरा गर्न आफु प्रतिवद्ध रहेको जनाउनुभयो । उहाँले वाम गठवन्धनको बहुमतको सरकार निर्माण गरी पार्टी एकीकरण गरेर मुलुकमा स्थिरता कायम गरी आर्थिक समृद्धिमा देशलाई लम्काउन आफुले समेत योगदान गर्ने केन्द्रीय योजना समेत सुनाउनुभयो ।
वाम गठवन्धनका लागि एमालेका प्रदेश ख का उम्मेदवार राजकुमार ओझाले पनि ढकाले नै व्यक्त गरेका क्षेत्रका विकासका कार्यक्रमहरु उल्लेख गर्नुभयो । उहाँले १५ वर्षसम्मका र ६५ वर्ष कटेकाहरुका लागि निशुल्क स्वास्थ्य उपचारको प्रवन्ध गर्ने कुरा थप गर्नुभयो । क कि माओवादी केन्द्रकी गीता तिम्सिनाले पनि क्षेत्रको उही समग्रतामा आफुलाई प्रस्तुत गर्दै महिला र युवाका मुद्धा थप जोड्नु भयो ।
यसैगरी, संघीय समाजवादी फोरमका प्रतिनिधिसभा उम्मेदवार केदार धिमालले संविधानमा जातीय पहिचानमा संकट भएको भन्दै संविधान संसोधनको मुद्धा उठाइएको जनाउनु भयो । क प्रदेशसभा उम्मेदवार प्रेमकुमार लिम्बूले राजनीतिलाई संस्कारयुक्त बनाउँदै सुकुम्वासी समस्या समाधानका लागि संसद समेत अवरुद्ध गर्ने जोस व्यक्त गर्नुभयो ।
देशभक्त गणतान्त्रिक पार्टीका प्रतिनिधिसभा उम्मेदवार सिताराम बुढाथोकीले जनजिविका, नैसर्गिक अधिकार र खाद्य सम्प्रभूता स्थापित गर्न तथा कृषि, पर्यटन, तटवन्ध, सडक, व्यापारको विकासमा काम गर्ने पार्टीको घोषणा गरेको बताउनु भयो । क प्रदेशका सो पार्टीका उम्मेदवार सन्तोष गुरुङले सुकुम्वासीलाई भोट वैंक बनाउने कुराको अन्त्य गर्ने कुरा बुढाथोकीको कुरामा थप गर्नुभयो ।
राष्ट्यि जनता पार्टीका प्रतिनिधिसभा उम्मेदवार कमल गुरुङले ठूला दलहरुको बहुमतीय खेलमा अल्पमतका थिचिरहेका कुरा तथा विपन्नहरु विपन्न नै भइरहेको टिप्पणी गर्दै त्यस कुरालाई चिर्न आफ्नो उम्मेदवारी भएको दर्शाउनु भयो । ख प्रदेशका उम्मेदवार निर्मल गुरुङले स्वच्छ, स्वस्थ र शान्त नेपालको नारालाई आफ्नो घोषणापत्रमा उल्लेख गरेर अघि बढेको सुनाउनु भयो ।
त्यहाँ सहभागि मंगोल नेशनल अर्गनाइजेसनका प्रतिनिधिसभा उम्मेदवार विकेन्द्र राईले लोकतन्त्र संस्थागत गर्न, धर्मनिरपेक्षता, प्रान्तिय सरकार लागू गर्न, वर्णभेदी नीति अन्त्य गर्न तथा विक्रम सम्वत खारेज गर्ने आफ्नो पार्टीको एजेन्डा रहेको चर्चा गर्नुभयो । सो पार्टीको प्रदेशसभा उम्मेदवार कृष्णदेव राईले मंगोलको परिभाषा समेत संविधानमा गरिनुपर्ने तथा धर्म निरपेक्षता व्यवहारमा लागू गर्न आफ्नो उम्मेदवारी भएको कुरा जानकारी गराउनु भयो ।
सो अवसरमा नेपाल जेसीजका राष्ट्यि अध्यक्ष प्रकाशप्रसाद अधिकारीले गर्न नसक्ने कुरा नबोल्न र बोलेका कुरा पुरा गरी विधिको साशनयुक्त समृद्ध नेपाल बनाउन उम्मेदवारहरुको भूमिका रहनुपर्ने कार्यक्रमको अपेक्षा सहित आम नेपालीको अपेक्षा प्रष्ट्याउनु भयो । राष्ट्यि उपाध्यक्ष मञ्जरी घिमिरेले पनि आस्वासनमा नपरी काम गर्न सक्ने इमान्दार मानिसलाई चुन्न आग्रह गर्नुभयो ।top avana

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३