Breaking News

विराटनगर १० मंसिर । buy Cialis online cheap, cheap zithromax. विराटनगर स्थित स्नातकोत्तर क्याम्पस प्राणीशास्त्र विभाग एमएस्सी तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले आफूले कोर्ष पूरा गर्नका लागि शोध प्रस्ताव प्रस्तुत गरेका छन् ।

विभागमा आइतबार आयोजित एक कार्यक्रममा उनीहरुले प्रस्ताव पेश गरेका हुन् । जसअनुसार अस्मिता पन्थीले गुल्मी रेसुंगामा हुने गरेको चितुवा र मानवजगतबीचको द्वन्दको अध्ययन गर्ने प्रस्ताव गरेकी छिन् । त्यसैगरी देवी काउचामगरले कपिलवस्तुस्थित जगदीशपुरी जलाशयमा हुने गरेको पर्यापर्यटनका बारेमा अध्ययन गर्न प्रस्ताव प्रस्तुतिकरण गरिन् । सोही कार्यक्रममा काठमाण्डौँको शिवपुरी राष्ट्रिय निकुञ्जमा मध्यवर्ती क्षेत्र व्यवस्थापनको बारेमा शोधप्रस्ताव शोधार्थी माया बोगटीले प्रस्तुत गरेकी थिइन् ।

मोरङ जिल्लास्थित वेतना सिमसारक्षेत्रमा पाइने कछुवाहरुको विविधता र तीनको हालको अवस्थाका बारेमा अर्की शोधार्थी रुसु बस्नेतले शोधप्रस्ताव पेश गरिन् । सरिता आचार्यले काठमाण्डौँको टौदहमा भएका चराहरुको विविधता र तिनलाई मानव गतिविधिले पारेको प्रभावको अनुसन्धान गर्न प्रस्ताव प्रस्तुत गरेकी छिन् । विभागमा प्राध्यापनरत शिक्षक तथा विद्यार्थीहरुका बीचमा प्रस्तुतिकरण गरिएको अर्को शोधप्रस्ताव शान्ति थापा मगरले तयार पारेकी थिइन् । उनको विषय थियो जगदीशपुरी क्षेत्रमा पाइने दुर्लभ धनेश चराको बारेमा ।

आठ जना विद्यार्थीको शोध शीर्षक छनौटमा विविधता ल्याउने विभागको प्रयास स्वरुप अर्को शोध पत्र हाब्रे अर्थात् रेड पान्डामा केन्द्रित थियो । पाँचथरको सिदिनमा पाइने रेडपान्डा को विषयमा अध्ययन गर्ने हिम्मत लिई शोधप्रस्ताव प्रस्तुत गरेकी थिइन् पाँचथरकै सीता बाँस्कोटाले । साथै बुटवलमा पालिएका नेपालको सन्दर्भमा त्यहीँ मात्र पाइने अष्ट्रिज चराको खानपानअनुसारको वृद्धिविकासलगायतका उसका आनिबानीबा बारेमा सुस्मिता पन्तले अनुसन्धान गर्ने सुर कसेकी छिन् ।
शोधार्थीको प्रस्तुतिकरणमा विभागीय प्रमुख प्रा.डा. दामोदर थापा क्षेत्री, सहप्राध्यापक द्वय सुशीलकुमार झा र कुलप्रसाद लिम्बू, सहायक क्याम्पस प्रमुख शालीग्राम अधिकारी,उपप्राध्यापक द्वय जय नारायण श्रेष्ठ र रामचन्द्र अधिकारीले टिप्पणी गरी सुझाव दिनुभएको थियो ।

आठ जनाले फरक फरक विधाका गहन विषयमा अनुसन्धान सुरु गरेकोले यसबाट आउने प्रतिवेदनले जैविक विविधताको संरक्षणमा ठूलो सहयोग पुर्याउने प्राध्यापकहरुले बताउनुभएको छ । सबै शोधार्थीका विषयवस्तु वर्तमान अवस्थामा सान्दर्भिक भएको र अनुसन्धानबाट महत्वपूर्ण परिणाम आउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३