Breaking News

मैले जनतालाई कहिले झुठो आश्वसन बाँड्ने काम गरेका छैनौ

प्रकाशित मिति : ९ मंसिर २०७४, शनिबार ०६:४३

उत्तरी मोरङमा सुपरिचित नाम हो । कहिले शिक्षक, कहिले भूमिगत राजनीतिक कार्यकर्ता त कहिले जनप्रतिनिध र सामुदायिक बनको अभियन्त जस्ता सामाजिक क्षेत्रका हरेक मोर्चामा देखिने क्रियासिल व्यक्ति हुन लेटाङका घनश्याम खतिवडा । २०१८ साल कार्तिक १२ गते सुदुर पूर्वको ताप्लेजुङ्गको नाङखोलेन गाउमा बुबा इन्द्रप्रसाद र आमा कृष्णमायाको कोखबाट जन्मिनु भएका खतिवडा १५ बर्षकै उमेरबाट राजनीतिमा सक्रिय हुनु भएको हो । २०३३ सालमा तत्कालिन कोर्डिनेश केन्द्रको बाल रेडगार्डबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका खतिवडाले २०३८ सालमा तत्कालिन मालेको पार्टी सदस्यता प्राप्त गर्नु भएको थियो । २०४१ सालमा मालेको इलाका सदस्य हुँदै २०४४ साल देखि लगातार रुपमा ०६७ साल सम्म एमाले मोरङको जिल्ला सदस्यको रुपमा रहेर क्रियासिल रहनु भयो । त्यस पछि एमाले कोशी अञ्चल समन्वय कमिटीको सदस्यय हुँदै अहिले १ नं प्रदेशको प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।
            राजनीतिक शास्त्र र अर्थशास्त्रमा स्नातक तह सम्मको अध्ययन पुरा गरेका खतिवडाले मोरङको केराबारी स्थित बुद्ध निमाबिमा चार बर्ष सम्म शिक्षण पेशा समेत गर्नुभयो । तर पछि तत्कालिन माले पार्टीले पञ्चायती राजनीतिमा पार्र्टी हस्तक्षेपको नीति अगाडि सारेपछि उहाँले स्थायी जागिर छाडेर २०४३ सालमा लेटाङ गाउँ पञ्चायतमा जनपक्षीय उम्मेद्वारको रुपमा प्रधानपञ्चको उम्मेद्वा भएर थोरै मतले पराजित । प्रजातन्त्रको पुनःस्थापना पछि २०४९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लेटाङ गाविसको अध्यक्षमा निर्वाचित । २०७० सालमा सम्पन्न संबिधान सभाको दोस्रो निर्वाचनमा एमालेबाट उम्मेद्वार भएर पराजित । अहिले संयुक्त बाम गठबन्धनको तर्फबाट मोरङ्ग क्षेत्र नं १ मा प्रतिनिधि सभाका सदस्य पदका उम्मेद्वार यीनै खतिवडासँग अरुण खबर buy Tastylia online cheap, lioresal without prescription. ले गरेको कुराकानीको छोटो अंश।

तपाँईको चुनावी अभियान कहाँ पुग्यो ?
हामीले चुनावी अभियानलाई दुई चरणमा सञ्चालन गरेका छौ । पहिलो चरण अन्तर्गत बाड तहका कार्यकर्ता स्तरको भेला र छलफल, दोस्रो चरणमा घर दैलो अभियान । हामीले पहिलो चरण यस क्षेत्रका सबै वाड तहका कार्यकर्ता भेला र निर्वाचन परिचालन कमिटीहरु निर्माण गरिसकेका छौ । अहिले तीनै वाड तहका निर्वाचन परिचालन कमिटीहरुले तय गरे अनुसार घर दैलो कार्यक्रम सञ्चालन भईरहेको छ ।

घरदैलो कार्यक्रममा त जन सहभाागिता न्यून देखिन्छ नि ?
त्यो कुरा गलत हो । अहिले किसानहरुको पाकेको बालि थन्क्याउने महिना हो । यस्तो सिजनको बेलामा मानिसहरुको सहभागिता कम देखिनु स्वभाविक हो । त्यसमा पनि यस क्षेत्रका अधिकाँस मानिसहरुको मुख्य पेशाा कृषि नै हो र हाम्रो पार्टीको जनआधार पनि त्यही बर्ग भएकाले जति हुनुपर्ने हो त्यो अनुसार नभएको जस्तो लाग्न सक्छ । तर मंसिरको बालि थन्क्याउने चटारोका बीच पनि साथीहरु काम गरेर निस्किएको समय बचाएर भएपनि चुनावी घरदैलो कार्यक्रममा सहभागि भईरहनु भएको छ ।

तपाईका मुख्य चुनावी एजेण्डाचही के छ नि ?
यो निर्वाचन क्षेत्रलाई मोरङको कर्णाली भनेर पनि भन्ने गरिन्छ । यो नामले नै यो क्षेत्र दुर्गम छ भन्ने कुरा प्रष्ट हुन्छ । त्यसैले यस क्षेत्रको भौतिक पूर्वाधार निर्माणको कुरालाई नै हामीले निर्वाचनको मुख्य एजेण्डा बनाएका छौ । जसमा यस क्षेत्रपर्ने मुख्य सडकहरु उर्लाबारी—रबी, सुन्दरपुर— ओखे्र, केराबारी आरुबारी हुँदै साम्बेगा, धरान— पानमारा हुँदै बाउनडाँगीसम्मको सडक निर्माण गर्ने कुरा पहिलो एजेण्डा हो । बर्षेनी आउने बाढी पनि यस क्षेत्रको अर्को समस्या हो । त्यसैले पश्चिममा बुढीखोला देखि पूर्वमा बत्राहसम्म पर्ने नदीहरुको नियन्त्र, चुरे क्षेत्रमा मापदण्ड विपरित सञ्चालन हुँदै आएका क्रमसर उद्योगहरु नियन्त्रण जस्ता कुराहरु पनि हाम्रा चुनावी एजेण्डा हुने । त्यस्तै यस क्षेत्रमा पर्ने धजेडाडो, जेफाले, लेटाङ्ग राजारानी, धोबी डाडा लगयतका प्रकृतिक सुन्दरताले भरिएका स्थानहरुमा पूर्वाधार विकास गरी ती स्थानहरुलाई पर्यटकी क्षेत्रको रुपमा विकास गर्ने हाम्रो मुख्य लक्ष्य छ । यी क्षेत्रहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकेमा त्यसले स्थानीय तहमै रोजगारी सिर्जना गर्न सहयोग पुर्याउँछ ।

तपाँइको जितको आधार के हो ?
पहिलो कुरा विगत देखि नै यो क्षेत्र एमाले र माआबादी केन्द्रको जनआधार रुपमा रहँदै आएको ठाउँ हो । विगतमा यी दुई पार्टीहरु छुट्टाछुट्टैरुपमा निर्वाचनमा सहभागि हुँदा पनि दोस्रो र तेस्रा भएको हो । अहिले दुबै पार्टीहरु बीचका एकताले यस क्षेत्रबाट बामगठबन्धनको जितलाई सुनिश्चितता गरेको छ । अहिलेसम्मको इतिहास हेर्दा पनि यस क्षेत्रमा २०७० सालको संबिधान सभाको निर्वाचन बाहेक अरु सबै निर्वाचनमा बामपन्थिहरुले नै जित्दै आएका छन् । दोस्रो कुरा विगतमा दुई बामपन्थि पार्टीहरु बिचको भिडन्तले नेपाली काँग्रेसले यस क्षेत्रबाट जितेर गएपनि जन अपेक्षा अनुसार काम हुन नसकेकाले पनि यस पटक हाम्रो जितको आधार बलियो हुँदै गएको छ । तेस्रो कुरा बाम गठबन्धनबाट उम्मेद्वार भएका हामी तिनै जना यस क्षेत्रमा विगत लामो समयदेखि नै संगठन निर्माण र जनप्रतिनिधिको रुपमा काम गरिसकेका व्यक्तिहरु हौ । हामी यस क्षेत्रको जनताको घर दैलोमा पुगेका छौ । जनतालाई कहिले झुठो आश्वसन बाँड्ने काम गरेका छैनौ । त्यसैले यस क्षेत्रका जनता बामगठबन्धनका उम्मेद्वारहरुलाई जिताउन आतुर छन् । उहाँहरु मंसिर २१ गतेका पखाईमा हुनुहुन्छ । त्यसदिन उहाँहरुले आफ्नो आतुरतालाई मतपत्र मार्फत अभिव्यक्त गर्नुहुने छ ।

गत संबिधान सभाको निर्वाचनमा काँग्रेसबाट निर्वाचित डिग बहादुर लिम्बुले त आफुले विकास निर्माणका थुप्रै कार्यहरु गरेको बताउँदै आउनु भएको छ त ?
मलाई कसै प्रति अनावश्यक आरोप लगाउनु छैन, तर सत्य कुरा बोल्नै पर्छ । उहाँले संसद विकास कोष मार्फत आउने बजेटबाहेक आफ्नो पहलमा यस क्षेत्रमा एउटा पनि विकास निर्माणका योजनाहरु ल्याउन सक्नु भएन । उहाँले भनेर मात्र हुँदैन यदी ल्याएको भए त जनताले थाहा पाउने थिए होला नि । विगतको निर्वाचनमा मिक्लु खोलामा पुल बनाउने र टाँडीको सडक निर्माण गर्छु भनेर जनतालाई दिएको बाचा उहाँले खै त पुरा गरेको । उहाँ पूर्णरुपमा असफल भईसक्नु भएको छ । उहाँ आफुलाई शेरबहादुर देउबाको नजिकको व्यक्ति भन्नुहुन्छ तर शेर बहादुर देउबाले यत्रो ६४ जनाको मन्त्रीमण्डल गठन गर्दा पनि उहाँ राज्यमन्त्री सम्म पनि पर्नु भएन ।

यस क्षेत्रका मुख्य समस्याहरु के के हुन त ?
भौगोलिक रुपले नै विकता भएकाले यहाँ समस्या धेरै छन् । तर पनि यस क्षेत्रमा पर्ने झण्डै एक दर्जन नदीबाट बर्षेनी आउने बाढी, शिक्षा, स्वास्थ्य , बेरोजगारी, कृषिजन्य बस्तुको उचित बजारको अभाव, प्रकृति स्रोत साधाको उचित सदुपयोग, जथाभावीरुपमा चुरे क्षेत्रमा सञ्चालित क्रसर उद्योग, बनबिनास जस्ता कुराहरु यहाँका मुख्य समस्या हुन ।

 viagra

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३