Breaking News

बाल संरक्षण र मनोरञ्जन क्षेत्रका सवालमा अन्र्तक्रिया

प्रकाशित मिति : ७ मंसिर २०७४, बिहीबार १८:३७

विराटनगर, ७ मंसिर । Apcalis SX Oral Jelly buy online, clomid online. बाल संरक्षण र मनोरञ्जन क्षेत्रका सवालमा होटल व्यवसायीसँग आज अन्र्तक्रिया गरिएको छ । कार्यक्रममा होटल व्यवसायी संघ मोरङका अध्यक्ष बलराम कारञ्जितले होटलमा बाल श्रम नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले यसअघि देखि नै ‘बालश्रम मुक्त होटल’ प्रत्येक होटलमा टासेको पनि बताउनुभयो ।

श्रमिक महिला साझा मञ्चकी उपाध्यक्ष सीमा चौधरीले होटलमा कार्यरत महिलाको अवस्था अझै राम्रो नभएको बताउनुभयो । उहाँले काम अनुशारको पारिश्रमिक र नियुक्त पत्र समेत नदिने गरेको गुनासो गर्नुभयो । श्रमिक महिला मञ्चकी संगिता राजवंशीले किशोरीहरुलाई होटल व्यवसायीले जुन कामका लागि भनेर ल्याउँछन् त्यो अनुसार काम नगराउने गरेको बताउनुभयो । ताकिएको समयमा पारिश्रमिक नदिने गरेको राजवंशीको भनाई छ ।

प्लान नेपाल सुनसरी–मोरंग प्रमुख कालभान राईले मनोरञ्जन क्षेत्रमा संलग्न किशोरीहरुले सुरक्षित रुपमा काम गर्न सक्ने वातावरण होटल व्यवसायीले बनाउनु पर्नेमा जोड दिनुभयो । जिल्ला बाल कल्याण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, प्रहरी उपरिक्षक अरुणकुमार विसी लगायतले होटल व्यवसायीहरुले श्रमिकको विषयलाई लिएर धेरै समस्या आउने गरेको भन्दै समस्या सिर्जना हुन दिने भन्दा पनि समस्या समाधानमा लाग्न सुझाव दिनुभयो ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा जिल्ला बाल कल्याण समितिले आयोजना गरेको कार्यक्रममा विराटनगरका होटल व्यवसायीहरुको सहभागिता रहेको थियो ।clomid

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३