Breaking News

खानेपानीका कारण विग्रियो गाउँले र दाजुभाईको सम्बन्ध

प्रकाशित मिति : ६ मंसिर २०७४, बुधबार १८:३९

विराटनगर, ६ मंसिर । Super P-Force without prescription, dapoxetine reviews. मोरङको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने मिक्लाजुङ गाउँपालिका २ चुलीपोखरीका स्थानीय बासिन्दाबीच खानेपानीको विषयालाई लिएर सम्बन्ध नै विग्रएको छ । स्थानीय देवीथान खोल्सोबाट लगेर पानी प्रयोग गर्ने र प्रयोग गर्न नदिनेबीच विवाद हुँदा सम्बन्धनै विग्रएको हो ।

पानी लान खोज्ने र लैजान नदिने बीचमा विवाद हुँदा पूरै गाउँलेबीच नै सम्बन्ध विग्रिएको वर्षौ भइसक्यो । स्थानीय सिरान गाउँ र माझ गाउँका गाउँले र दाजुभाई नै पानी विवादका कारण दुई भागमा विभाजित छन् । उनीहरुबीच पटक पटक झगडा पनि भइसकेको छ । स्थानीय टंक श्रेष्ठका अनुसार सिरानगाउँकाले माझगाउँकालाई त्यो खोल्साको पानी नै प्रयोग गर्न दिंदैनन् । उहाँले माथिकाले खोल्सामा बगेर खेर गइरहेको पानी समेत प्रयोग गर्न नदिएर थिचोमिचो गरिरहेको गुनासो गर्नु भयो ।

‘हामी माझगाउँकाहरु वर्षौदेखि पानीको दुःख खेपेर बसिरहेका छौं,’ टंकले भन्नु भयो, ‘माथिल्लो गाउँकाहरु खोल्साको पानी लगेर प्रयोग गर्छौ भन्दा पनि दिंदैनन् ।’ उहाँले सार्वजनिक रुपमा बगिरहेको पानी प्रयोग गर्न दिन्नौं भनेर असामाजिक व्यवहार प्रस्तुत गरेको बताउनु भयो । गाउँमा वर्षौदेखि खानेपानीको हाहाकार छ । ४० परिवारका तीन सय ५० स्थानीय बासिन्दा दुई घण्टा पैदल दूरीबाट पानी बोकेर प्रयोग गर्न बाध्य छन् । सिरान गाउँका भीमबहादुर श्रेष्ठ भन्नु हुन्छ, ‘हामा्रे पनि त्यही खोल्साको पानी प्रयोग गर्नुको विकल्प छैन । उनीहरुलाई पाइप नै विछ्याएर लैजान भने दिन सकिंदैन ।’ वरपर पानीको अर्को कुनै पनि मुल छैन । उहाँले मानिसलाई खानदेखि लिएर गाई वस्तुलाई खुवाउन समेत पानी अभाव हुने गरेको बताउनु भयो ।

माझगाउँका स्थानीय काङबहादुर राईले गाउँको पानीको समस्यालाई लिएर नेताहरुले भोटको खेती मात्रै गर्ने गरेको बताउनु हुन्छ । ‘चुनाव आएका बेला नेता र उम्मेदवारहरुले छ घण्टा पर रहेको मिक्लाजुङ १ को लावा खोलाबाट पानी ल्याएर गाउँमा सुविधा पुर्याइदिने आश्वासन बाँडेको वर्षौ भइसक्यो,’ उहाँले भन्नु भयो , ‘चुनाव सकिएपछि उनीहरु फर्किएर पनि आउँदैनन् ।’ नेताले यहाँको पानी समस्यालाई चुनावी नारा मात्रै बनाउने गरेको राईको भनाइ छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिंदै जाँदा नेताहरु पानीको आश्वासन बाँडेर भोट माग्न आउन थालेको उहाँले बताउनु भयो । उहाँले गाउँमा खानेपानीको व्यवस्था गरिदिनेलाई मात्रै यस पटक भोट हाल्ने सल्लाह गाउँलेबीच भएको जानकारी दिनु भयो । उहाँका अनुसार गाउँमा दुई सय ११ मतदाता छन् ।

सुगम जिल्ला मोरङको पहाडी र विकट क्षेत्र भनेर चिनने चुलीपोखरी पर्यटकिय क्षेत्र हो । सुविधा सम्पन्न सडक र खाने पानीको अभाव हुँदा पर्यटन प्रवद्धनमा कठिनाई भइरहेको स्थानीय इच्छाबहादुर श्रेष्ठले बताउनु भयो । मिक्लाजुङ २ का वडा अध्यक्ष गौरी राईले चुलीपोखरीका बासिन्दाका लागि लावाखोलाबाट खानेपानीको व्यवस्था गर्ने तयारी भइरहेको बताउनु भयो । त्यसका लागि दुई लाख रुपैयाँ बजेट समेत छुट्याइसकिएको छ ।pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३