Breaking News

उमेश गिरी र भीमराज एमालेमा

प्रकाशित मिति : ४ मंसिर २०७४, सोमबार १८:५८

विराटनगर, ४ मंसिर । नेपाली काँग्रेस (विश्वेश्वर) गठन गरेर २०५१ सालमा आफ्नो माउ पार्टी नेपाली काँग्रेससित छुट्टिएका उमेश गिरी र पुर्व गृहराज्य मन्त्री भीमराज राजवंशी आज नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले विराटनगर शान्ति चोकमा आयोजित कार्यक्रममा गिरी र राजवंशीलाई अबिर र मालाले स्वागत गर्दै एमालेमा प्रवेश गराएका हुन । किशोर उमेरमै नेपाली काङ्ग्रेसको राजनीतिसित आबद्ध रहनु भएका गिरी पछिल्लो समय काँग्रेस नेतृत्वसँग असन्तुष्ट रहनु भएको थियो ।

यस्तै राजवंशी यसअघि नै लोकतान्त्रिक फोरमसँग असन्तुष्ट रहनु भएको थियो । मधेशी जनअधिकार फोरमवाट २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका नेता महेश आचार्यलाई मोरंग क्षेत्र नं ४ बाट पराजित गर्नु भएको थियो ।

विजय गच्छदारसँगै मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा आउनु भएका उहाँ पछिल्लो समय गच्छदारसँग असन्तुष्ट बनेपछि स्वतन्त्र हुँदै आउनु भएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३