प्रकाशित : ३ मंसिर २०७४, आईतवार १८:४६


काठमाडौं, ३ मंसिर । प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिनु भएको छ । उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
त्यसअघि एमाले नेता माधवकुमार नेपाल, नयाा शक्तिका डा. बाबुराम भट्टराई, माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । दाहालको हृदयाघातका कारण आइतबार निधन भएको थियो ।
माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको हृदयाघातका कारण आइतबार विहान निधन भएको थियो ।
घरमै अचेत अवस्थामा भेटिएका उनलाई नर्भिक अस्पताल लगिएको थियो तर, चिकित्सकहरुले मृत घोषणा गर्नुभयो ।
सम्बन्धित शीर्षकहरु