प्रकाशित : ३ मंसिर २०७४, आईतवार १६:१४

विराटनगर ३ मंसिर । नेकपा एमालेका पोलिटव्युरो सदस्य एव मोरङ क्षेत्र नम्वर ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लालवावु पण्डितलाई चुनाव खर्च स्वरुप अष्ट्रेलिया वस्ने एक नेपाली महिलाले ५ लाख ११ हजार १ सय रुपैया सहयोग प्रदान गर्नु भएको छ ।

तेह्रथुमको सोल्मा माईती घर भई हाल अष्ट्रेलियाको सिड्नीकी राधिका पोखरेलले चुनाव खर्च स्वरुप पण्डितलाई सो रकम प्रदान गर्नु भएको हो । ११ वर्ष देखि अष्ट्रेलिया वस्दै आएकी पोखरेलले पण्डित जस्ता राष्ट्रवादी नेताले चुनाव जितेको हेर्ने इच्छाले सो रकम प्रदान गरेको वताउनु भयो । हाल अष्ट्रेलियामा रहनु भएकी पोखरेलले पठाएको सो सहयोग रकमको चेक उनका दाजुहरु नारायणप्रसाद र चन्द्र पोखरेलले नेता पण्डितलाई हस्तान्तरण गर्नुभएको थियो ।

राधिकाले पहिलो पल्ट यसरी आफुले नेतालाई सहयोग गरेको पनि उल्लेख गरिएको थियो । राधिका ट्रष्टको नाममा उहाँले यस अघि मुलुकका विभिन्न क्षेत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रमा समेत सहयोग गदै आएको कार्यक्रममा जानकारी गराइएको थियो । रकम हस्तान्तरण कार्यक्रमपछि वोल्दै चुनाव अभियानका लागि यस अघि कतारमा वस्ने नेपाली मजदुरहरुले यस अघि ६५ हजार सहयोग प्रदान गरेको जानकारी दिनुभयो ।

उहाले सहयोगवाट प्राप्त सवै रकम मोरङ क्षेत्र नम्वर ६ निर्वाचन परिचालन कमिटीलाई प्रदान गर्ने गरेको जानकारी दिनुभयो । उहाले सरकारले चुनाव अभियानका लागि २५ लाख खर्च गर्ने पाउने सिमा भित्र रहेर मात्र सहयोग रकम लिने समेत वताउनु भयो ।सरकारले तोकेको सिमा भन्दा वढी सहयोग रकम आएको खण्डमा उहाले त्यस्तो रकम नलिने कार्यक्रममा वताउनु भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३