Breaking News

नौ बर्ष देखि कुस्मीको ओडारमै बास

प्रकाशित मिति : २ मंसिर २०७४, शनिबार १९:२९

Female Cialis buy online, dapoxetine reviews. विराटनगर, २ मंसिर । वरिपरी जंगल, खोलाको किनार अनि त्यही खोलामा रहेको पुलमुनिको एकान्त ओडारमा दुई निर्जन महिलाहरुको लगातारको बास । कसैले सुनाउँदै पनि आङ्ग नै जिरिङ्ग हुन,े यस्तै त्रासदीपूर्ण जिवन भोगिरहेकीछिन ५६ बर्षीय कुस्मी उराव र उनकी छोरी दयावती । विगत नौ बर्षदेखि पूर्व–पश्चि राजमार्ग अन्र्तगत मोरङ्गको कानेपोखरी स्थित चिसाङ खालोको पूलमुनिको वोडारमा यी दुई आमा छोरीको दिनचर्य वितिरहेको छ । छोरी दयावती आफैमा सुस्त छन् । मानसिकरुपमा सुस्त भएका कारण उनी कुनै श्रम गर्न सक्तिनन् ।
चिसाङ खोलाको पु्ल मुनिको त्यो ओडारलाई उनीहरुले घर जस्तै बनाएका छन् । सुत्ने ओछ्यान देखि खाना पकाउने चुलो सम्मको बन्दोवस्ती उनीहरुले त्यही गरेका छन् ।

कुस्मीका अनुसार ०४५ सालमा इन्द्रपुरमा रहेको वखत श्रीमानलाई रेविज लागेको कुकुरले टोकेको थियो । उपचारको अभावमा पछि श्रीमानको रेविज लागेर मृत्यु भयो । श्रीमानको मृत्युपछि उनीहरु वेसहरा बन्न पुगे । तत्कालिन समयमा साहुको जग्गामा सानो झुप्रो घर वनाएर उनीहरु वसेका थिए । श्रीमानको मृत्युपछि साहुले जग्गा खाली गर्न लगाएपछि उनीहरु घर को न घाटको हुन पुगे । घर वनाउने जमिन दिन स्थानीयसंग आग्रह गरेपनि कसैले जग्गा नदिएपछि उनीहरु सडकको बासिन्दा बन्न पुगे ।

साहुले जग्गावाट निकालेपछि छोरी दयावतीलाई साथमा लिएर उनीहरु धेरै समय मागेर खाने र सडकमा सुत्ने गरे । माग्दै खाने क्रममा ती दुई आमा छोरी चिसाङ खोलाको किनारमा रहेको सुकुमबासी बस्तिमा पुगे । त्यसपछि उनले आफ् वस्ने बास स्थान पुलमुनि रोज्न पुगिन् । उनी अहिलेसम्म पनि सोही पुलमुनि छोरीका साथ वस्दै आएकी छिन ।

अरुण खबरसँगको छोटो कुराकानीमा आफु नौ बर्ष देखि सो पुल मुनिको ओडारमा बस्तै आएका छन् ।
सगै वस्दै आएपनि छोरी कति उमेरकी हुन भन्ने कुस्मालाई पत्तो छौन । पुलमुनिको कष्टकर वसाईको अनुभव सुनाउदै कुस्माले भनिन्‘घरको जस्तो नत भ्mयाल छ नत ढोका छ, पानी पर्दा, हावा हुरी आउदा रात काट्न नै गाह्रो हुन्छ’– उनले भनिन् ।

कुस्माले श्रीमान हुदै नागरिता वनाएकी थिइन् । तर श्रीमानको मृत्य्पछि उनले आफनी छोरीको नागरिता समेत वनाउन सकेकी छैनन् ।
उनले नागरिता वनाएपछि राज्यवाट पाउने सेवा सुविधा समेत पाउनवाट वञ्चित वनेकी छिन । उनी वसेको पुलसगै रहेको चिसाङ वस्तिमा सवै पार्टीका उम्मेदवार भोट माग्न पुगेका छन तर उनीहरुलाई देखेपनि नदेखे जस्तै गदै आएका कुस्मा बताउँछिन् ।

उनको नजिकै रहेको चिसाङ खोला वस्तिकी सुनिता तामाङका अनुसार निगुरोको सिजनमा यी आमा छोरी जंगलबाट निगुरो टिपेर नजिकैको बजारमा विक्री गर्छन भने कहिले स्थानीय जंगलमा गएर पात टिपेर विक्री गरी खाने मिलामेसो गर्छन् । । वेला वखतमा उनीहरु विरामी पर्दा चिसाङ खोलाको वस्तिका स्थानीयले उपचारमा सहयोग गदै आएका छन ।pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३