प्रकाशित : २ मंसिर २०७४, शनिबार १८:४२

विराटनगर, २ मंसिर । buy Malegra FXT online, dapoxetine without prescription. गृह मन्त्रालयका अधिकारीले नजिकिंदो प्रतिनिधि र प्रदेशसभा निर्वाचको सुरक्षा व्यवस्था मजवुत बनाउनका लागि पाएको सम्पूर्ण अधिकारलाई प्रयोग गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउने हिसावको सुरक्षा व्यवस्था मिलाउन कुनै पनि कसर बाँकी नराख्न अधिकारीहरुको निर्देशन छ । मंसिर १० र २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै विराटनगरमा आज आयोजित १ नम्बर प्रदेशको प्रदेश स्तरिय गोष्ठीलाई सम्बोधन गर्दै गृहका अधिकारीले आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्नेमाथि कारवाही हुने चेतावनी पनि दिनुभयो । गृह सचिव मोहनकृष्ण सापकोटाले स्र्रोत साधन र निर्देशन अभावको बहाना बनाएर सुरक्षा अधिकारीले पन्छिन नपाउने बताउनु भयो ।

सापकोटाले परिणाममुखी सुरक्षा प्रदान गरेर निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउने तर्फ सुुरक्षा निकायलाई लाग्न निर्देशन पनि दिनु भयो । उहाँले पछिल्लो केही घटनाले सुुरक्षा चुुनौती थपिएको तर्फ चनाखो हुनु पर्नेमा जोड दिनु भएको छ । गृहका उपसचिव निर्मला अधिकारीले निर्वाचनलाई लक्षित गरेर बनाइएको सुरक्षा योजना कार्यान्वायनमा विशेष ध्यान दिनु पर्ने बताउनु भयो । गोष्ठीमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार निर्वाचनका लागि आवश्यक सुरक्षाकर्मी, जनशक्ति, प्रविधि, सुरक्षा संवेदनशीलता र आवश्यक रणनीतिका लगायतका बारेमा पनि छलफल भएको छ ।

गोष्ठीमा सहभागी प्रदेश नम्बर १ का १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको सुरक्षा अवस्था, चुनावी सुरक्षाका चुनौती र चुनावका समयमा सुरक्षा व्यवस्था मजवुत बनाउन अपनाउनु पर्ने रणनीतिका र खेल्नु पर्ने भूमिकाका विषयमा जानकारी गराएका थिए । गोष्ठीमा सहभागी सुरक्षा अधिकारीहरुले केही स्थानमा विप्लव समूहले निर्वाचन विरोधी गतिविधी गरिरहेको र निर्वाचन विरोधी गतिविधी गर्ने केही विप्लवका नेता कार्यकताईलाई पक्राउ गरिसकिएको ‘रिपोर्टिङ’ गरेका छन् ।

सुरक्षा अधिकारीले अहिले उम्मेदवार लक्षित बम प्रहारका घटनामा पनि विप्लव समूहकै हात रहेको निस्कर्ष निकालेको स्रोतले बतायो । गोष्ठीमा गृहका अधिकारीहरु, उच्च सुरक्षा अधिकारी, प्रदेश नम्बर १ का १४ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, नेपाल तथा सशस्त्र प्रहरीका क्षेत्रीय एवं प्रदेश र केन्द्रीय प्रमुखहरु, राष्ट्रिय अनुसन्धानका प्रमुख, क्षेत्रीय प्रशासक लगायतको सहभागिता रहेको थियो ।lisinopril

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३