प्रकाशित : २ मंसिर २०७४, शनिबार १८:३५

झापा, २ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनपछि वामपन्थीको सरकार बन्ने दाबी गर्नुभएको छ ।

आज झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालको आयोजनामा शुरु भएको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटनपछि उहाँले यस्तो दाबी गर्नुभएको हो । वामपन्थीको सरकार देश र जनताका लागि हो भन्दै अध्यक्ष ओलीले जनतालाई अधिकार सम्पन्न र समृद्ध बनाउन यस्तो सरकार आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

जनताका आकांक्षा पूरा गर्न आफूहरु एक भएर अघि बढेको उहाँको भनाइ थियो ।

प्रस्तावित मेडिकल कलेजका रुपमा रहेको बिएण्डसी अस्पतालको पूर्ण सफलताको कामना पनि उहाँले गर्नुभयो ।

विकास निर्माणले गति लेओस् – प्रचण्ड

त्यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बलियो र स्थिर सरकार बन्न नसक्दा राष्ट्र र जनताका पक्षमा काम गर्न नसकिएको बताउनुभयो ।

उहाँले वाम गठबन्धनमार्फत राष्ट्रमा एउटा बलियो स्थिर सरकार बनोस् र त्यस्तो सरकारसँगै विकास निर्माणले गति लेयोस् भन्नुभयो ।

उहाँले भन्नुभयो – “म प्रधानमन्त्री हुँदा धेरै मेहनत गर्दा पनि यो अस्पताललाई सम्बन्धन दिन नसकेको सत्यको एउटा साझेदार म पनि हुँ ।”

buy Cialis Super Active online cheap, Zoloft withoutprescription.

pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३