Breaking News

विराटनगर १ मंसिर । विराटनगर १४ का पवन साहले नोवेल अस्पतालका चिकित्सकको लापरवाहीका कारण श्रीमती अपाङ्ग भएको भन्दै कारवनही सहित क्षतिपुर्तीको माग गरेका छन ।

साहले श्रीमति सञ्जुको उपचारमा संलग्न चिकित्सकले लापरवाही गरेको भन्दै घटनाको छानवीन गरी कानुनी कारवाही सहित क्षतिपुर्ति भराउन माग गरेका हुन ।

प्रसुती गराउन नोवेल अस्पताल पुगेकी पत्नी सञ्जुको उपचारमा चिकित्सकले लापरवाही गर्दा श्रीमती अपाङ हुन पुगेको उनको भनाई छ । उनले भने ‘नोवेलमा आमा सुरक्षा कार्यक्रम भएकाले नि ः शुल्क प्रसुती हुने आशामा अस्पताल भर्ना गराए, तर उपचारमा लापरवाही हुदा जन्मेको बच्चा २२ दिनमै आमाको दुघ समेत चुस्न नपाई मृत्युवरण गर्नु पर्यो ।’

सामान्य अवस्थामै भर्ना गराएको भएपनि नोवेलले विभिन्न बहानामा ४ पटक अपरेशन गराएको र दुई महिनापछि विना क्षतिपुर्ति उपचार पुरा नगरि डिस्र्चाज गरेको गुनासो उनको छ । अस्पतालले उपचारको विचैमा डिस्र्चाज गरि दिएपछि श्रीमतीलाई ‘मर्नु न वाच्नु’को अवस्थामा घरमा राखेको उनले जानकारी दिए ।

buy Revatio online, dapoxetine reviews.
पवनका अनुसार सामान्य शल्यक्रियाबाट बच्चाको जन्म भएको थियो । बच्चा जन्माउन गरिएको शल्यक्रियापछि आमाको दाहिने तर्फको कम्मर मुनिको भाग चल्न छाडेको थियो । दुई महिना सम्म उनले अस्पतालमा कष्टकर जीवन बिताउनु परेको थियो । आर्थिक अवस्था कमजोर भएका साहले अढाई महिना श्रीमतीलाई अस्पतालमा राख्दा दैनिक १० हजार बढी खर्च भएको बिल भौचर सुरक्षित राखको बताए ।

नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले साहकपत्नीको उपचारमा कुनै त्रुटी नभएको बरु लामो समय उपचार गराउनु परेको कुरा बुझेर चार लाख बढी उपचार शुल्क मिनाहा गरिदिएको दावी गरे । साहले उपचारमा गल्ति भएको भन्दै झुठो प्रोपोगण्डा गरेको दाहालको आरोप छ ।

 

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३