Breaking News

मोरङ १ मा रोचक प्रतिस्पर्धा

प्रकाशित मिति : ३० कार्तिक २०७४, बिहीबार १७:२३

विराटनगर, ३० कात्तिक । Viagra Caps no rx, purchase lioresal. प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर १ मा दोस्रो पटक एकअर्काका प्रतिष्प्रधी भएर उम्मेदवारहरु मैदानमा उत्रिएका छन् ।

प्रतिनिधि सभाका लागि मुख्य प्रतिष्प्रधामा रहेका कांग्रेस र बाम गठबन्धनका उम्मेदवारका रुपमा पुरानै अनुहार आम्नेसाम्ने भएपछि चुनावी माहोल रोचक बन्दै गएको छ । कांग्रेसका तर्फबाट जिल्ला सभापति एवं पूर्व सांसद डिगबहादुर लिम्बू र बाम गठबन्धनका तर्फबाट एमालेका घनश्याम खतिवडा प्रतिष्प्रधी भएर चुनावी मैदानमा ओर्लिनु भएको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि उहाँहरु एकअर्काका प्रतिष्प्रधी हुनु हुन्थ्यो । त्यतिबेला खतिवडालाई दुई हजार दुई सय दुई मतले पराजित गर्दै लिम्बू विजयी बन्नु भएको थियो ।

२०७० मा लिम्बू र खतिवडाको प्रतिष्प्रधा मोरङको निर्वाचन क्षेत्र नम्बर ९ मा भएको थियो । अहिले त्यही क्षेत्र र पूर्वपश्चिम राजमार्गदेखी उत्तरमा रहेका केही स्थानलाई समेटेर क्षेत्र नम्बर १ बनाइएको छ । मुलुकमा संविधान जारी भएर प्रतिनिधि र प्रदेशसभा निर्वाचन हुनै लाग्दा मुख्य दलले पुरानै अनुहारलाई दोस्रो पटक पनि प्रतिष्प्रधामा ल्याएपछि चुनावी माहोल रोचक बन्दै गएको हो । अहिले मोरङको उर्लाबारी, लेटाङ नगरपालिका र मिक्लाजुङ एवं केराबारी गाउँपालिकालाई समेटेर १ नम्बर क्षेत्र बनाइएको छ ।

प्रतिष्प्रधामा रहनु भएका लिम्बू र खतिवडा लेटाङ नगरपालिकाका बासिन्दा हुनु हुन्छ । यस पटक पनि लिम्बू र खतिवडाबीच नै मुख्य प्रतिष्प्रधा हुने देखिएको छ । दुबै जना आआफ्नो एजेन्डा लिएर मतदातालाई रिझाउन लागि पर्नु भएको छ । दुबै उम्मेदवारले यो क्षेत्रको पर्यटन प्रवद्धन र विकास निर्माण आफ्नो प्राथमिकतामा रहेको भन्दै मतदाता सामु प्रतिवद्धता जनाइरहनु भएको छ ।

एमाले र माओवादीको गठबन्धनका कारण यस पटक आफू बलियो रहेको दावी खतिवडाको छ । उहाँ गठबन्धनको बलमा चुनाव जितेर २०७० सालमा लिम्बूसंगै बेहोरेको पराजयको बद्ला लिने दाउमा हुनु हुन्छ । जनताको साथ एवं एमाले र माओवादीको बलियो संगठन आफ्नो जितको मुख्य आधार रहेको खतिवडाको भनाइ छ ।

दोस्रो पटक चुनाव जितेर आफू यो क्षेत्रमा संधैभरीका लागि मजवुत रहेको प्रमाणित गर्ने दाउ कांग्रेस उम्मेदवार लिम्बूको छ । लिम्बू गठबन्धनमा असन्तुष्ट रहेकाहरुलाई आफ्नो पक्षमा पारेर जितको नतिजा निकाल्ने तयारीमा लाग्नु भएको छ ।

गठबन्धन भित्रको असन्तुष्टि र यस अघि पनि जितेका कारण दोस्रो पटक विजय हुनेमा उहाँ ढुक्क हुनु हुन्छ । ‘कांग्रेसको लोकतन्त्र प्रतिको प्रतिवद्धतामा जनता विश्वस्त छन्,’ उहाँले भन्नु भयो, ‘यस अघि विजयी भएपछि गरेका विकास निर्माण र नयाँ समाज निर्माण गर्ने कांग्रेसको प्रतिवद्धतामा जनताको साथ हुनु जितको मुख्य आधार हो ।’motilium

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३