प्रकाशित : ४ पुष २०७४, मंगलवार १८:४७

Viagra for sale, buy lioresal. काठमाण्डौं, ४ पुस । सरकार प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख नियुक्त गर्ने तयारीमा रहेको छ । केहि दिनअघि मात्रै सरकारले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख नियुक्त गर्ने तयार गरेको थियो तर कम्युनिष्ट गठबन्धनले विरोधपछि स्थगित गरेको भएपनि, १० पुसभित्र नियुक्त गर्ने अन्तिम गृहकार्य भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

अस्थायी मुकाम तोक्नुपूर्व सरकारले विभिन्न संभावित क्षेत्रहरुको अध्ययन गरेको थियो । सरकारले एउटा प्रदेशका लागि दुई वा त्यो भन्दा बढी क्षेत्र प्रस्ताव गरेको थियो । तर निर्वाचन लगत्तै ती क्षेत्रबाट स्थानीय दलका प्रतिनिधीले आफ्नो क्षेत्रलाई प्रदेशको अस्थायी मुकाम तोक्न दवाव दिइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रदेश नं ५ कालागि बुटवल र दाङ मध्य एक बनाउने आआफ्नो दवाव रहेको छ । यस्तै प्रदेश नं ३ को राजधानी ललितपुर र भक्तपुरलाई बनाउन छुट्टा–छुट्टै लविङ भइरहेका छन् ।

प्रदेश नं ४ बाहेक हरेक प्रदेशको अस्थायी राजधानी कहाँ बनाउने भन्नेबारे विवाद छ ।सरकारले प्रदेशको राजधानी तोक्न सकिने सबै सम्भावित क्षेत्रमा प्रदेश कार्यालय रहने भवनहरुको अध्ययन भएको जनाएको छ ।lisinopril

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३