प्रकाशित : २९ कार्तिक २०७४, बुधबार १८:३९

Cialis Black for sale, buy lioresal. विराटनगर, २९ कात्तिक । पटक–पटक पक्राउ परेर जेल बसेकाले प्रहरी प्रशासनका धेरै मानिसले मलाई चिन्न थालेका थए । काठमाडौ बसेर राजनीति गर्दा जतिबेला पनि पक्राउ पर्न सकिन्थ्यो । जागिर पनि सुरक्षित हुन नसक्ने । बरु भूमिगत भएरै सक्रिय राजनीति गर्ने निधो गरेँ ।

पार्टीमा मलाई काठमाडौबाहिर पठाउने कुरा चल्न थाल्यो । जनकपुर, वीरगञ्ज, विराटनगरमध्ये एक ठाउँ राज्नुपर्ने भयो । वीरगञ्जमा दाजुको घर थियो । परिवार भएपछि कुरा खुल्न सक्थ्यो, जनकपुरमा सर्लाहीका धेरै मानिस जाने भएकाले गोपनीयताको समस्या हुन्थ्यो । विराटनगर रोजेँ । त्यहाँ मलाई चिन्ने गाउँ ठाउँका मानिस हुँदैनथे ।
सुरेन्द्र पाण्डेले एउटा चिठी लेखेर दिनुभयो । कालीमाटी चोकस्थित शालिकदेखि उत्तरपट्टीको घरको माथिल्लो तलामा माधव नेपालले मलाई विदाई गर्नुभयो । नेपाल दुब्लो हुनुहुन्थ्यो । गलबन्दीले मुख छोपेर आउनुभएको थियो । त्यहाँ ८ ्र१० जना जम्मा भएका थियौ । विदाईको बेला नेपालले मलाई डायरी प्रदान गनुभयो । उहाँले मजदुर आन्दोलन सुदृढ बनाउँदै पार्टीको काम सफलताका साथ गर्न शुभकामना दिनुभयो ।

बसको टिकट बोहक म सँग बाटो खर्च १८ रुपैयाँ थियो । बाटोमा परिचय खुल्ने डरले मैले भेष बदलेको थिए । सहज ढङ्गले नै विराटनगर पुगेँ । त्यहाँ नवराज गौतम र उहाँको डेराबारे जानकारी दिइएको थियो । सम्पर्क गरेँ ।
गौतमको बर्षपार्क देखि डेढसय मिटर टढा खाम बनाउने सानो उद्योग रहेछ । उहाँको डेरा पनि त्यही थियो । दुईटा कोठामा उहाँ बस्नुहुन्थ्यो । सानो सेड बनाएर उद्योग चलाएको थियो । म डेड बर्ष जति गौतमसँगै बसेँ ।

काठमाडौबाट लगेको चिठी श्वेतशार्दुलका नाममा थियो । म विराटनगर पुगेपछि श्वेतशार्दुललाई बलाउन लगाए । उहाँ गौतमकै उद्योग आउनुभयो । पइन्ट सर्ट र टोपी लगाउनुभएको थियो । श्वेतशार्दुलनै मदन भण्डारी हुनुहुन्थ्यो । विराटनगर गएपछि मात्रै मैले मदन नाम थाहा पाएँ । चिठी दिएँ । एक घण्टाजति भालाकुसारी भयो । उहाँले उत्साह जगाउने खालको कुरा गर्नुभयो ।

गौतमको उद्योगमा नेपाली कागजबाट खाम र फाइल बनाइन्थ्यो । कारोबारी मानिस आईरहने हुनाले कसैले शङ्का गर्दैनथ्यो । त्यसैले उद्योगलाई भेट गर्ने ठाउँ बनाएका थियौ । भूमिगत राजनीतिक यात्राको नौलो अनुभव थियो । पूर्णकालिन राजनीतिको पहिलो खुडकिलो पनि थियो त्यो ।

म मजदुर फाँटको काम गर्न विराटनगर गएको थिए । मदनको प्रोत्साहनले पार्टी काममा पनि लागेँ । मजदुर मात्र होईन, सबै फाँट हेर्नेगरी भूमिगत भएर काम गर्नुपर्छ, उहाँले भन्नुभएको थियो । । ममा मदन भण्डारीबाट राजनीतिक र राधाकृष्ण मैनालीबाट व्यबहारिक प्रभाव पर्यो । भण्डारीको भूमिगत नाम श्वेतशार्दुल र सागर थियो ।

मदनसँग एकदमै नजिक भएर काम गर्ने अवसर पाएँ । हाम्रो धेरैजसो यात्रा साईकलमा हुन्थ्यो । दिनमा ४० किलोमिटरसम्म यात्रा साईकलमा गथ्यौ । मैले सिकेपछि भने एक्लै साईकल चलाए ५०–६० कि यात्र गरेँ ।

मेरो बढी जिम्मेवारी मोरङको दक्षिण क्षेत्रमा थियो । त्यहाँको भूगोल जान्न विद्युतको मिटररिडरको साथी बनेर घर घर पुँगे । म परिवार, जाती र भूगोल अध्ययन गर्थे । अहिले जस्तो आधुनिक नक्सा थिएन । हिँडेको बाटो कोड गर्दै नक्सा बनाउँथे । गाउँका बदमासन बारे जानकारी राख्थे । विराटनगरमा श्रवण नामले परिचित थिए । मेरो वास्ताविक नाम मदन भण्डारी, नवराज गौतम र जेबी राईलाई मात्र थियो । राई अहिले हुनुहुन्न ।

इन्जिनियरिङ्ग पढ्दाका साथिहरु भेटिन्थे । चिन्लान र बोलाउँलान भनेर नचिने जस्तै गर्दै तर्कन्थे । एकान्तमा भेटिने साथीलाई मेरो बारे कुरा नगर भन्थेँ ।

मोरङ्गमा राम्रोसँग पार्टी विस्तार भएको थियो । २०४२ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचन घोषणा भयो । पार्टीले निर्वाचनलाई हस्तक्षेप गर्न जनपक्षीय उम्मेद्वार उठाएर निर्वाचनमा भाग लिने नीति तय भयो । तर स्थानीय तहमा उम्मेद्वार बन्ने मान्छे पाउन गार्हो ।

पार्टीमा अस्था राख्ने साथीहरु पनि उम्मेद्वार बन्न सजिलै नमान्ने । हाम्रो पार्टीसँग नजिक एक जना लब प्रधान हुनुहुन्थ्यो । उहाँलाई नै उम्मेद्वार बनाउने सल्लाह मदनसँग भयो । प्रधान मालेका बुद्धिजिबी, अलिक पढेका र राजनीतिक बुझेका । हाम्रो निर्णयले उहाँ पक्कै खुशी हुनुहुन्छ भन्ने लागेको थियो ।

मदन र म उम्मेद्वारको प्रस्ताव लिएर उहाँको घर गयौ । सबै बस्तु स्थिति बताउँदै मनले प्रधानसँग ‘तपाई निर्वाचनमा उठ्नु पर्यो ’ । तीमीहरु त नाङ्गो बुङ्गा छौ । ‘मेरा त श्रीमती, छोरा छोरी छन्’ म संकट निम्त्उँदिन प्रधानले जवाफ दिनुभयो । हामीलाई संकट पर्यो फेरी अर्को को खोज्ने । बम बहादुर खडका मजदुर नेता हुनुहुन्थ्यो ।

मजदुरका हक हितका विषयलाई लिएर लामो समय अनसन पनि बस्नु भएको थियो । उहाँ मजदुर बर्गमा चर्चित पनि हुनुहुन्थ्यो । माले मजदुर, किसानहरुको पार्टी हो । तपाँई लामो समय देखि मजदुर आन्दोलनमा पनि लाग्नु भएको छ । ‘यो चुनावमा तपाँई उठ्दा राम्रो हुन्छ’ मैले उहाँलाई भने । पार्टीले भन्छ भने म तयार छु , उहाँले भन्नुभयो ।

बल्ल बल्ल उम्मेद्वार त बनाईयो समस्या चुनावी अभियान र कमाण्डको आयो । चुनावी कमाण्डको विषयलाई लिएर मदनको नेतृत्वमा बैठक बस्यौँ । ५/६ जना सार्थहरुले विभिन्न कारण देखाउँदै जान नसक्ने बताउनुभयो । कारण कसैको पारिवारिक थियो कसैको शारिरीक । म बोलेको थिइन । त्यसो भए म आफै खुल्ला हुन्छु, मदनले भन्नुभयो । आन्तरिक कमाण्ड मलनले र बाहिरी कमाण्ड मैले समाल्ने कुरा राखेँ । प्रमुख नेता नै सार्वजनिक हुँदा समस्या पर्थ्यो ।

चुनावी अभिया सुरु भयो । खडकालाई राजनीतिक कुरा धेरै थाहा थिएन । पार्टीले बनाएको योजना अनुसार म सहयोगि बनेर उम्मेद्वारसँगै म प्रचार अभियानमा लागे । म आफुलाई मजदुरका रुपमा चिनाउँथे । मजदुर नेतालाई सहयोग गर्न सँगै हिँडेको बताउँथे ।

पँचायतकालमा काठमाडौ छाडेर मोरङ्ग गएपछि परिवार सँग भेटघाट दशैमा मात्र हुन्थ्यो । दशै मनाउन घरै जान्थे । अघि पछि घर खासै जादिनथे । भेट्न आउनका लागि भनेर बुबालाई एउटा ठाउँ दिएको थिए ।

त्यही पुगेर हुलियाको आधारमा बुबाले मेरो बारेमा सोध्नु भएछ । एक जना मानिस पश्चितिरबाट आएका छन् । मेरो छोरा कता छ भन्छन् । मलाई खबर आयो । गएर साईडबाट हेरे बुबानै हुनुहुँदो रहेछ । आफ्लो सेल्टरमा लगेर । साथीभाईलाई घुमाउन लगाएर बिदाबारी गरेँ ।

मलाई भेट्न बुबा दुई पटक विराटनग पुग्नुभयो । घरको कुराले मलाई सँधै तनाव हुन्थ्यो । यसलाई डोरीले बाँधेर राख्नुपर्छ । पठाउनु हुन्न । म घर गएका बेला बुबा भन्नुहुन्थ्यो –‘ जागिर खाएन, पैसा कमाएन’।

म घरबाट खुरुक्क हिँडदथे । पदको लोभ लालचामा लागिन् । जहाँ गएपनि भित्तो फोरेर काम गर्ने आत्मविश्वास थियो । २०४६ सालको आन्दोलनमा विराटनगरको कमाण्ड गरे ।

आन्दोलन सफल भएपछि २९ चैतमा विराटनगरमा पार्टी कार्यालय खोलियो । बहुदल आएपछि हामीमा द्वैध मानसिकता अलिक समयसम्म रहिरह्यो । बहुदल त आयो टिक्छ कि टिक्दैन संसय थियो ।

सबै नेता कार्यकर्ता एकैपटक खुल्ला हुने कि नहुने भन्ने अन्योल थियो । कोही खुल्दै जाने र कोरटिम सार्वजनिक नहुने निर्णय भायो । मदन भण्डारी सहित हामी पार्टीको निर्णय अनुसार १६ भदौ २०४७ मा मात्र सार्वजनिक भयौ ।

(भर्खरै बजारमा आएको लालबाबु पण्डितको आत्मकथा ‘सिंह दरबार बदल्ने सङघर्ष’ बाट लिएको सम्पादित पुस्तक अंशहरु ।)cialis

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३