प्रकाशित : २८ कार्तिक २०७४, मंगलवार ०६:३७

Super Kamagra without prescription, dapoxetine without prescription. रामचन्द्र अधिकारी
प्रदेश नम्बर एकको राजधानी प्रस्ताव गरिरहँदा विराटनगरका सडक विध्वंशको स्थितिमा छन् । दुई वर्षदेखिका भत्किएका सडकले अब शहरको सौन्दर्य विग्रियो भन्ने चिन्ता भन्दा भयानक रुपमा स्वास्थ्यमा असर पर्ने चिन्ता बढेको छ ।

धूलोको मात्रा दिनप्रतिदिन बढेको बढ्यै छ । सबैजसो सडकहरु भत्काइएका छन् । थामीनसक्नुको धूलोले स्वास्थ्यमा कति असर गरिरहेको छ भन्नेतिर मानिसको ध्यान पुगिरहेको छैन । यसबारेमा नगरबासी बेलैमा सचेत भएर अघि नबढे विराटनगरबासी रोगका भकारी बनिरहेका हुनसक्छन् । यो व्यक्त हुन समय धेरै पर्खिराख्नुपर्ने जस्तो लाग्न छाडेको छ । यहाँका बासिन्दाको आयुलाई हालको धूलोले अवश्य छोटो बनाइरहेको छ ।

बाहिर रहेका आफन्तजनले हालचाल सोध्दा विराटगरबासीको उत्तरमा धूलैधूलो फैलिएको छ भन्ने वाक्यांश छुट्दैन । एक पटक निर्माण भएका पूर्वाधार मूलतः शहरी सडक आधुनिकीकरणसँगै आवश्यकता पनि भएकोले पुनर्निर्माण थालिनु स्वभाविक हो । विकासको क्रम र गतिशीलता पनि यही हो ।

तर भएको भत्काएपछि अर्को बनाउन वषौँवर्ष लगाइदिएपछि त्यसले मानवको जीवनमा पार्ने असर ब्याख्या गरी नसक्नुको छ । भलै मानिसको दैनिक जीवन यापन, दिनचर्या, जीवनशैलीमा पार्ने असर सामान्य होलान् तथापि स्वास्थ्य र वातावरणमा देखिने असर भने अपूरणीय छन् ।

सडकमा फैलिएको धूलोका तत्कालीन र दीर्घकालीन दुई प्रकारका असर मानवस्वास्थमा पर्दछन् । तत्कालीन अवस्थामा तुरुन्तै आँखा चिलाउने,बिझाउने,आँखाको बाहिरी तह(कन्जक्टिभा)मा इन्फेक्सन हुने समस्या आउँछन् । दृष्टिमा समेत प्रभाव परेको हुन्छ । यति मात्र नभई स्वासप्र्रश्वास प्रणालीमा गम्भीर असर छन् ।

जस्तै कि घाँटी चिलाउने,खसखसाउने,खोकी लागिरहने र ब्रोन्काइटिस हुने । धूलोले स्वरयन्त्रमा समेत समस्या ल्याएर आवाजमा परिवर्तन गरिदिन्छ । एलर्जी गराएर छाला खुइलिने,दाग बस्ने र घाउ हुने सम्मका दुष्परिणाम धूलोले दिने गरेको छ । फोक्सोको बाहिरीपत्रको इपिथेलियल तन्तुलाई धूलोका कणले पिल्स्याएर समस्या आउने सम्बन्धित क्षेत्रका विज्ञहरुले पत्ता लगाएका छन् ।

यो धूलो एक दिनको होइन । यस्तै धूलोमय वातावरणमा महिनौ प्रस्तुत भइरहनु हो भने गम्भिर स्वास्थ्य जटिलताहरु भोग्नुपर्ने कुरालाई नकार्न सकिन्न । धूलोका कणले फोक्सोको क्यान्सर निम्त्याउन सक्छ । आजको भोलि नदेखिने तर सुसुप्त रही यसैको परिणामस्वरुप कालान्तरमा देखा पर्ने यस्ता घातक समस्यालाई त्यो बेला स्वीकार्नुबाहेक अरु कुनै उपाय हुँदैन । छालामा स्थायी एलर्जी अनि क्यान्सर नै हुने पनि धूलोका भविष्यका असर हुन् । आजको धूलोको बसाइले भोलिको अस्पताल बसाइको संभावना बढेर आएको छ ।

हुन त प्राकृतिक हिसाबले नै हावामा केही मात्रामा मसिना धूलाका कणहरु हुन्छन् नै । ती पनि कम हानिकारक हुन्नन् तथापि तीनीहरुलाई मानिसले पचाएका छन् । जस्तोसुकै सफा हावा वा मौसममा पनि हावाको एउटा अभिन्न अंग मानिएको धूलोको मात्रा केही न केही मात्रामा हुन्छ । संसारका हावामा कम्तीमा ४० हजार मेट्रिक टन धूलाका कण भएको तथ्यांक छ । यस आधारमा भन्न सकिन्छ कि धूलो बिनाको हावा छैन । तर भइदियो के भने हाम्रो हावामा औधी भयो । थामिनसक्नु भयो ।

विश्व स्वास्थ्य संगठनका अनुसार एक माइक्रोनदेखि लिएर एक सय माइक्रोन सम्म व्यास भएका कणहरु नै धूलो हुन । धूलो हावामा स्वतन्त्र रुपले उड्ने तौल भएका भौतिक कणहरु हुन् । जति बढी तौलका भए उति नै सतह आसपासमा रहने र थोरै पिण्ड र तौल हुनेहरु हलुका भई माथि आकाशसम्म फैलिने गर्दछन् ।

सडकको धूलोमा हुने कणहरु भने निकै ठूला अर्थात् अढाइ माइक्रोमिटर हाराहारी व्यास हुने बताइएको छ । साना या ठूला चाहिँ बेसी हानिकारक हुन् भन्ने सन्दर्भमा निकै अनुसन्धान भएका छन् । जसअुनसार साना चाहिँ भित्र तन्तुसम्म पुग्ने भएकोले बढी हानिकारक भन्ने प्रमाणित भएको छ । एक सय माइक्रोनभन्दा साना कण जो हावामा प्रसस्त हुन्छन्, तिनीहरु सजिलै फोक्सोको भित्ताको अलभिओलाई(हावाका थैली) मा घुस्छन् ।

घुसेपछि यिनलाई बाहिर निकाल्न सकिन्न, त्यहाँ स्थायी किसिमले बस्छन् । यस्तो भएपछि अब विविध रोग यिनैले निम्त्याउँछन् ।
हिउँद सुरु भएसँगै सुरु भएको चिसोले गर्दा हावामा सापेक्षिक आद्र्रता बढेर आउँछ । यसो भएपछि धूलो ढाडिएर हुस्स परी बस्छ अनि माथि स्वतन्त्र रुपले उडी जान सक्दैन ।

त्यसैले धूलोबाट मानव स्वास्थ्यमा पर्ने समस्या झन् भयानक छ हिउँदमा । माटोको धूलोमा रुमलिएर धूँवालगायत अन्य ग्यास रुपीय वस्तुहरु बस्छन् तब बाक्लो तुँवालो बन्छ जसलाई स्मङ भनिन्छ । स्मङ भइसकेपछि त यसले मान्छेको स्वास्थ्यमा पार्ने प्रभाव पारेको कुरालाई व्यक्त गर्न सजिलो छैन ।

अहिले विराटनगर काठमाण्डौँजस्ता धूलोमय शहरमा धूलोको प्रमुख भूमिका र केमेस्ट्रीमा स्मङ बनिरहेको छ । एक अध्ययनले दशक अघि नै भनेको थियो कि काठमाण्डौँमा हिउँदका विहानी अरु ऋतुका भन्दा असुरक्षित र प्रदूषित छन् । त्यस्तै डेढ दशकअघि गरिएको विराटनगरको हावाको गुणस्तर परीक्षणले प्रतिवेदन दिएको थियो कि यहाँको हावा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा सात गुणा बेसी दूषित छ ।

पछिल्ला वर्षहरुमा अनुसन्धान कमै भएका छन् । वैज्ञानिक अनुसन्धानको प्रतिवेदन नभेटिएकोले आधिकारिक रुपमा यसै भन्न सकिएन तर अनुमानित रुपमा भन्न सकिन्छ –त्यो परीक्षण भएको बेलाको भन्दा यहाँको हावा दशँौ गुणा बिग्रिएर आएको छ ।

धूलो र धुँवा नै प्रमुख प्रदूषक ठहरिएको वायुप्रदूषणले विश्वमा मानवलाई क्षतविक्षत पारेको अवस्था छ । जस्तैकि नेपालमा हृदयघातबाट लगालग मृत्यु भएका खबर प्रसारित भइरहेको र दमका रोगी बढिरहेको अवस्थामा विश्व स्वास्थ्य संगठनले भनेको छ–वायु प्रदूषण एउटा मुख्य वातावरणीय जोखिम हो यसलाई घटाउन सके हृदयघात,मुटुका रोग,क्यान्सर,दमजस्ता रोगहरुको प्रकोप स्वात्तै घटेर आउँछ । सन् २०१४ को विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार संसारको ९२ प्रतिशत जनसंख्या उसले तोकेको पाचनयोग्य मापदण्डभन्दाबढ्ता तहमा छ । यसको अर्थ यति मानिस चाहिँ दूषित हावा छन् ।

सन् २०१२ को कुरा हो वायु प्रदूषणकै कारण करिब ३० लाख मानिस उमेर नपुगी देहत्याग गर्न पुगे । यसको ८८ प्रतिशत नेपालजस्ता अपूर्ण विकसित देशले ओगटेका थिए जसमा दक्षिण पूर्वी एशियाली र पश्चिमी प्यासिफिक देशहरु नै प्रमुुख थिए । विश्व स्वास्थ्य संगठनको क्यान्सर अनुसन्धानका लागि अन्तर्राष्ट्रिय नियोगका अनुसार सन् २०१३ मा गरिएको अन्वेषणले फोक्सोको,मुत्रथैलीको क्यान्सरको प्रमुख कारण प्रदूषित हावा नै हो भन्ने पत्ता लायो ।

यस्तो खतरनाक वस्तुसँग हाम्रो जीवन गाँसिएको छ, यसबाट ओर्किनेतर्किने बाटो पाइएको छैन भने यस्ता दूषित शहरका मानिसको भावी स्वास्थ्यस्थिति कस्तो रहला चिन्ताको विषय छ । तसर्थ चासो र चिन्ता यो छ कि धूलोमय शहरलाई किन केही महिनामै पक्की गरिदिएर धूलोमुक्त शहर घोषणा गर्न नसकिएला । निकाय सचेत बनोस् ।

 

 top avana

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३