प्रकाशित : २७ कार्तिक २०७४, सोमबार १७:५९


Tadalis SX buy online, dapoxetine without prescription. विराटनगर, २७ कात्तिक । भारतको बथनाहास्थित मीरगञ्ज पुलबाट ठूला मालबाहक सवारी साधन आवतजावत हुन नसक्दा सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगीलाई दैनिक रु १५ करोड घाटा लागेको छ ।
गत साउन अन्तिम साता आएको बाढीका कारण मीरगञ्ज पुलमा समस्या आएपछि भारतीय पक्षले २० टनभन्दा बढी तौल भएका मालबाहक सवारीसाधनलाई सो पुलबाट आवतजावतमा रोक लगाएको छ ।
अहिले सुनसरी–मोरङ औद्यौगिक करिडोर क्षेत्रका उद्योगी व्यवसायीले ८० किलोमिटर घुमाउरो दूरी प्रयोग गरेर कच्चा पदार्थ र अन्य सामान आयात गर्न बाध्य भएको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताउनुभयो । मीरगञ्ज पुल विराटनगर भन्सार कार्यालयबाट करिब पाँच किमीको दूरीमा पर्छ ।
तर सुनसरीको भान्टाबारी नाकाबाट ८० किमी घुमाउरो दूरी प्रयोग गर्दा ढुवानी खर्च बढ्नुका साथै उद्योगीलाई हैरानी भएको छ । उद्योगीले जोगबनी नाकाबाट सामान आयात गर्दा ढुवानी खर्च र झन्झट कम व्यहोर्नुपथ्र्यो ।
पुल सञ्चालन गर्नका लागि मोरङ व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १, उद्योग संगठन मोरङलगायतले सरकार र भारतीय पक्षको ध्यानाकर्षण गराउँदै आएका छन् ।fluoxetine